पशुपतिका ११ सय फाइल अख्तियारको नियन्त्रणमा

१३ असार,काठमाडौं । पशुपतिका ११ सय फाइल अख्तियारको नियन्त्रणमा
पशुपति क्षेत्र विकास कोषभित्र साधन स्रोतको दुरुपयोग भएको जनगुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै कोषका एक हजार एक सय फाइल नियन्त्रणमा लिएको छ । लामो समयदेखि भट्ट र पूजारीलाई दिने तलवभक्ता तथा सुविधा, आयस्रोतको विवरण एंव खर्च व्यवस्थापनलगायत विषयमा मुछिँदै आएको छ ।
क्षेत्र विकास कोष स्रोतले दिएको जानकारी अनुसार पछिल्लो समष् कोषमा गाडी खरिद, कर्मचारीलार्ए दिएको सुविधा, मन्दिर परिसरमा गरिएका भौतिक मर्मत लगायतका काममा गम्भीर घोटाला भएको आरोप लागेको छ ।
पशुपति विकास कोष संचालक परिषद्को निर्णय बिना नै प्रतिगाडी २० लाख रुपैयाँ पर्ने पाँचवटा गाडी किनिएको, गाडीको प्रयोजन स्पष्ट नपारिएको आदिबारे अख्तियारले चासो दिएको स्रोतको दाबी छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page