चितवन । विश्वका अर्बपतिको सूचीमा पर्न सफल नेपालका व्यापारी विनोदकुमार चौधरी आफ्नो धन्दालाई ढाकछोप गर्न सबै दलका नेताहरुलाई प्रभावित गर्न लागिपरेका छन् । राजश्व छलिका विभिन्न काण्डमा मुछिएर आपूmलाई अर्बपतिका रुपमा उभ्याउन सफल चौधरी आफ्नो कालो धन्दामाथि कसैले धावा नबोलोस् भनी नेताहरुको चाकडीमा लागिपरेको बताइएको छ ।
यसअघि मूल्य अभिवृद्धिका (भ्याट) को करोडौं रुपैयाँ बराबरको नक्कली भ्याट विल काण्डमा मुछिएका चौधरीको टेलिफोन प्रदायक कम्पनीमा आन्तरिक राजश्व विभागले हालै छापा मारेको थियो । उक्त कम्पनीका विभिन्न स्थानमा रहेका कार्यालयहरुमा एकै पटक छापा मार्दा करोडौं रुपैयाँ बराबरको राजस्व छलि गरेको पाइएपछि चौधरीले राजश्व तिर्ने छाँट नदेखाई नेताहरुको दौराको फेरो समाउने कार्य गरेका छन् । उनले सबैजसो ठूला दलका नेताहरुलाई आफ्नो प्रमुख औधोगिक क्षेत्र चौधरी ग्रामको अवलोकन भ्रमण गराई ती नेताहरुलाई प्रभावमा पार्ने प्रयास गरेको चर्चा छ । उनले चौधरी ग्रामको भ्रमणका लागि भनी ठूला दलका सभासद्हरुलाई आफ्नो खर्चमा नवलपरासी पु¥याई खानपानको राम्रो बन्दोबस्त गरेका थिए।अप्ठ्यारो पर्दा अर्काको खुट्टा समाउन समेत पछि नपर्ने व्यापारिक शैलीका चौधरी अहिले पैसाको बलमा दलका नेताहरुलाई प्रभावमा पारी करोडौं राजश्व छलिलाई ढाकछोप गर्न लागिपरेको स्रोतको दाबी छ । नेकपा (एमाले) का तर्फबाट अघिल्लो संविधानसभामा सभासद भई रातो पासपोर्ट भँजाउँदै विभिन्न मुलुकमा आफ्नो व्यापार विस्तार गर्न सफल विनोदकुमार चौधरी पैसा र शक्तिकै बलमा राजस्व छलिमा रमाउँदै आएका बताइन्छ । आफ्ना दुई छोरालाई विदेशमा व्यापारमा लगाउँदै आएका चौधरीले नेपालको कालो धनलाई विदेश पु¥याई त्यसलाई सेतो बनाउने गरेको आशंका उनका निकटवर्तीहरुले गरेका छन् । आफ्ना भाइ वसन्त चौधरीको अंशमा समेत भेदभाव गरेको आरोप लाग्दै आएका विनोदको कार्यशैलीबाट वसन्त समेत वाक्क भएका छन् । पैसा भनेपछि हुरुक्कै हुने विनोदले आफ्ना भाइ वसन्तले साहित्यिक क्षेत्रमा समेत हात हालेको विषयलाई पचाउन सकेका छैनन् । वसन्त अहिले आफ्नै सम्पत्तिलाई भजाउँदै विश्व काव्ययात्राको नाममा विदेश भ्रमणमा रमाउने गरेकोलाई समेत विनोदले राम्रो नमानेको चर्चा छ । वसन्तले अनावश्यक खर्च गरेको भनी विनोदले गुनासो गर्ने गरेका छन् ।