२५ जेठ, काठमाडौ
चर्चित गायक रामकृष्ण ढकाल पछिल्लो समय गायनका कारण त्यति चर्चमा छैनन् । उनले नयाँ गीत नगाएको पनि धेरै नै भैसक्यो
तर अघिल्लो वर्ष पनि सहकारीले ऋण नतिरेको भन्दै पत्रिकामा नाम निकालेपछि चर्चामा आएका गायक ढकाल पुनः सोही सहकारीका कारण मिडियामा आएका छन् ।
ललितपुरको पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्देस्यीय सहकारी संस्थाले रामकृष्ण ढकालले सहरकारीबाट लिएको ऋण नतिरेको भन्दै उनी सहित उनकी श्रीमती र जमानी बस्ने अन्य ब्यक्तिको तीनपुस्ते समेत फोटो आइतबार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको छ
गत वर्षको माघमा पनि यसै गरी पत्रिकामा ऋण नतिरेको भनेर सोही सहकारीले रामकृष्ण ढकालका दम्पतिको फोटो सहितको सूचना प्रकाशित गरेको थियो
पछिल्लो पटक प्रकाशित सूचनामा गायक ढकालले समयसीमा १५ दिन भित्र ऋण चुक्ता नगरे उनको जायजेथा र जमानी बस्नेको जायजेथाबाट असुल उपर गर्ने चेतावनी दिएको छ ।