चितवन असार ४,
चितवन निर्वाचन क्षेत्र नः ४ की युवा महिला उम्मेदवार दिलकुमारी रावल पार्वतीलाई जिताउने अभियानमा सहभागी हुन एमाले अध्यक्ष झलनाथ खनाल भोली बिहिवार चितवन आउनुहुने भएको छ । पश्चिम चितवनको शिबनगर बजार शिवनगरमा भोली हुने वृहत जनसभाको तयारी पूरा भएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो । जनसभामा सहभागी वन्न क्षेत्र नः ४ का आम मतदाता, शुभेच्छुक, शुभचिन्तकहरुलाई आब्हान गरिएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । एमाले केन्द्रिय अध्यक्ष खनालसगै एमाले पोलिट्ब्यूरो सदस्य पृथ्वी सुव्वा गुरुङ, महिला नेतृ बिन्द्रा पाण्डे लगायतका केन्द्रिय तहका नेताहरु भोली चुनावी सभालाई सम्वोधन गर्न चितवन आउने तयारी भएको हो । एमालेले सभालाई ब्यवस्थित वनाउन गाउ गाउवाट पार्टि कार्यकर्ताहरुको व्यापक परिचालन गरेको जनाएको छ । एमालेले भरतपुरको २४ कोठी, हाकिमचोक, क्यान्सर गेट, गीतानगर हुदै शिवनगर जाने रुट तय गरेको छ । निर्वाचन सम्मुख आएका वेला एमालेले शिवनगरमा आयोजना गरेको सभालाई शक्ति प्रर्दशनका रुपमा समेत लिएको छ ।
