चितवन, असार ४,
ग्रामिण क्षेत्र माडीमा सौर्य ऊर्जामार्फत विद्यालयहरुले कम्प्युटर शिक्षा सुरु गरेका छन् ।४५ वटा सामुदायिक विद्यालय र ५ वटा सस्थागत विद्यालय रहेको माडी क्षेत्रका विद्यालयहरुले सौर्य उर्जामार्फत कम्प्युटर शिक्षा पढाउन थालेका छन् ।सार्वजनिक शैक्षिक गुठिका रुपमा स्थापना भएको दिवाकर स्मृति विद्यालय बसन्तपुर माडीले दाताहरुको सहयोगमा खरिद गरेका ५ थान कम्प्युटरवाट २ कक्षा देखि ८ सम्मका विद्यार्थिलाई कम्प्युटर शिक्षा दिदै आएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेले ८ जना विद्यार्थि वरावर १ कम्प्युटर भएकाले दाताको सहयोगमा १५ वटा सम्म कम्प्युटरको व्यवस्था गरी इ क्लास सञ्चालन गर्ने तयारी गरेको वताउनुभयो ।बुधबार गोपाल सोप इण्ड्रष्ट्रीज जनकपुरले २ थान कम्प्युटर सहयोग हस्तान्तरण गरेको छ ।कम्पनिका म्यानेजर अनिल सिन्हाले सामाजिक उत्तरुदायित्व अभियान अन्तर्गत ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षामा विद्यार्थिको पहुच बढाउन सहयोग गरेको वताउनुभयो ।शिक्षामा सुचना तथा सञ्चार प्रविधिको प्रयोग निर्देशिका २०६९ र कम्प्युटर सहयोग अनुदान कार्यक्रम लागत साझेदारी अवधारणा अनुसार माडीका केहि सामुदायिक विद्यालय समेत कम्प्युटर शिक्षा पढाई हुदै आएको छ । ४ सय ५० विद्यार्थि अध्ययनरत दिवाकर स्मृति विद्यालय सार्वजनिक शैक्षिक गुठिका रुपमा स्थापना भएपनि सस्थागत विद्यालय भनि शिक्षा कार्यलयले वर्गिकरण गरेपछि अनुदानमा शिक्षा कार्यलयले कम्प्युटर नदिएपछि दाताको सहयोगमा कम्प्युटर शिक्षा पढाई हुदै आएको छ ।दराई, थारु, दलित, द्धन्द्धप्रभावित विद्यार्थि अध्ययन गर्ने दिवाकर स्मृति विद्यालयमा मिदास एजुकेसन काठ्माण्डौले ६८ सालमा उपलब्ध गराएका कम्प्युटर शिक्षण पद्धितिका सिडिहरुले शिक्षकहरुलाई कम्प्युटर पढाउन सहयोग पुगेको विद्यालयका प्रिन्सिपल जनकराज भुषालले वताउनुभयो ।सस्थागत विद्यालयहरुले विद्यार्थि आर्कर्षित गर्न सानो कक्षा देखिनै कम्प्युटर शिक्षा पढाउदै आएको पाइन्छ ।त्यस्तै कतिपय निम्नमाध्यामिक तहको ६ र ७ कक्षामा कम्प्युटर विषय राखिएको तर विद्यालयमा कम्प्युटर चलाउन जान्ने शिक्षक नभएकाले पनि शिक्षकहरुमा कम्प्युटर सिक्नै पर्ने बाध्यता भएको छ । विज्ञको सहयोगमा दिवाकर स्मृति विद्यालयले शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी थप दक्षता हासिल गर्न तालिम समेत दिदै आएको छ ।कतिपय शिक्षक तथा विद्यार्थिहरु पछिल्लो समय कम्प्युटर खोल्न, बन्द गर्न, फाइल बनाउन, डाटा राख्न, इन्टरनेट लगायतका विषमा ज्ञान लिन माडीका विभिन्न कम्प्युटर इन्स्टिच्युट जान थालेका छन् । विद्युतको अभावका कारण सवै विद्यालयले कम्प्युटर विषय पढाउन सकेका छैनन् । सरकारले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुरु गर्ने उद्येश्यले कम्प्युटर वितरण गरे पनि त्यसको उचित प्रयोग हुन नसकेको पाइएको हो । कम्प्युटर शिक्षा तथा जनशक्तिको अभाव,सम्बन्धित निकायको नियमित अनुगमन नहंदा चितवनका प्राय विद्यालयले खरीद गरेका कम्प्युटर त्यसै थन्किएका छन् । माडीका विद्यालयमा इन्टरनेटको पहुच पु¥याउन नेपाल टेलिकमले वाइ म्याक्सको सेवा ४ वटै गाविसमा विस्तार नगर्दा प्राइभेट कम्पनिको इन्टरनेट सेवा लिन वाध्य छन् ।

