अाफ्नै अपरेटिङ सिस्टममा सामसुङको नयाँ स्मार्टफोन : एन्ड्रोइडसँग नाता तोड्दै

स्मार्टफोन निर्माता कम्पनी सामसुङले गुगलको एन्ड्रोइडसँग आफ्नो सम्बन्ध विस्तारै विच्छेद गर्ने प्रयास सुरु गरेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोन उत्पादन गर्दै आएको सामसुङले ताइजेन अपरेटिङ सिस्टमबाट चल्ने नयाँ स्मार्टफोन उत्पादन गरेसँगै गुगलबाट अलग्गिने प्रयासमा सामसुङ रहेको संकेत मिलेको हो ।
घरेलु सफ्टवेयर ताइजेनको अपरेटिङ सिस्टमबाट चल्ने नयाँ स्मार्टफोनको बिक्री जुलाइदेखि सुरु गर्ने लक्ष्य सामसुङको रहेको छ ।
Samsung Z
ताइजेन अपरेटिङ सिस्टम रहने उक्त स्मार्टफोनको नाम सामसुङ जेड रहने बताइएको छ र पहिलोपटक जुलाइदेखि रुसमा बिक्रि सुरु गरिनेछ । साथै सामसुङले ताइजेनका सफ्टवेयर तथा अन्य सेवाको बिक्रिका लागि ताइजेन स्टोर पनि संचालनमा ल्याउनेछ ।
स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा अत्यधिक निर्भर रहेको सामसुङले उत्पादन गरेको ताइजेन स्मार्टफोन ४.८ इन्चको रहने बताइएको छ, तर यसको मूल्य कति रहने भन्ने बारेमा पनि खुलेको छैन । सामसुङ जेड ताइजेन अपरेटिङ सिस्टम प्रयोग गर्ने विश्वको पहिलो स्मार्टफोन हो ।
यसमा कतिपय फिचर्सको प्रयोगमा एन्ड्रोइड एप्स समेत चल्ने भएपनि एप्स निर्माताहरुले ताइजेनकै नयाँ एप्स उत्पादन गर्ने आशा सामसुङको छ ।
यो वर्षको सुरुमा पनि एन्ड्रोइड ताइजेन सफ्टवेयरबाट संचालित गियर टू नामक स्मार्टवाच सार्वजनिक गरेको सामसुङका स्मार्टफोनहरु एन्ड्रोइडबाट संचालित छन्, यद्यपि यसले आफ्ना उत्पादनको प्रयोगमा आफ्नै डिजाइन, मेनु तथा टूल्स थप गरेको छ ।
स्मरण रहोस् गएको वर्ष विश्वमा बिक्रि भएका स्मार्टफोन मध्ये ३० प्रतिशत सामसुङका थिए । सामसुङ विश्वको नम्बर वान स्मार्टफोन उत्पादन कम्पनी हो ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page