२०६९ सालमा एसएलसी पास भएका १८३ उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो ।
शिक्षा मार्फत समाज विकासमा सहयोग गर्ने लक्ष्य अनुसार छात्रबृत्ति प्रदान गरिएको चौधरी ग्रुपका अध्यक्ष एवं ज्ञान उदय छात्रबृत्ति योजनाका संरक्षक विनोद चौधरीले जानकारी दिनुभयो ।
नवलपरासी जिल्ला भित्रको निर्वाचन क्षेत्र नं १ का सबै सामुदायिक बिद्यालय, क्षेत्र २ र ३ का केही सामुदायिक बिद्यालयसहित ४२ वटा सामुदायिका बिद्यार्थीहरु ज्ञान उदय छात्रबृत्ति प्रदान गरिएको हो ।
प्रत्येक बिद्यालयबाट एलसलसी पास हुने मध्ये सर्वोत्कृष्ट नम्बर ल्याउने छात्र एक, छात्रा एक, दलित एक , र गरिब जेहेन्दार एक गरी चार जनालाई जनही पाँच हजार रुपैयाँका दरका दरले छात्रबृत्ति प्रदान गरिएको हो । पाँच बर्ष अघिदेखि सुरु भएको ज्ञान उदय
