तिर्थयात्रु बोकेको बस दुर्घटनामा १० को मृत्यु

एलबी थापा/उज्यालो । प्यूठान, जेठ २१ - (अपडेट) प्युठानको गोठीबाङमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।दुर्घटनामा परी ३३ जना घाइते भएका छन् ।स्वर्गद्वारीबाट तीर्थयात्रु लिएर कपिलवस्तुको कृष्णनगरका लागि छुटेको लु १ ख ३८ ०३ नम्बरको बस गोठीबाङको लामाचौरमा सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको डिएसपी दिपक रेग्मीले ilikechitwan.blogspot लाई  जानकारी दिए ।घाइते १९ जनाको जिल्ला अस्पताल प्यूठानमामा उपचार भैरहेको छ भने १५ जनालाई उपचारका लागि रिफर गरीएको जिल्ला स्वास्थ्य प्रमुख फणिन्द्र बरालले जानकारी दिनुभयो । मृतक सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page