निगमका असक्षम हाकिमलाई चुरा र महिलाको स्यानिटरी प्याड उपहार

२० जेठ, काठमाडौं । नेपाल वायु सेवा निगमको अनियमितता र व्यवस्थापनको लापरबाहीले सीमा नाघेपछि निगमका आक्रोशित कर्मचारीले गत हप्ता अप्रेसन डाइरेक्टर केपी पौडेल क्षेत्रीको पिजन होलमा महिलाले लगाउने आधादर्जन चुरा र क्याबिन क्रू विभागका उपनिर्देशक सुभाष रिजालको पिजनहोलमा रजस्वला हुँदा महिलाले लगाउने स्यानिटरी प्याडको बट्टा सिलबन्दी गरेर हालिदिएपछि अहिले दुबै जना निक्कै तनाबमा छन् ।उक्त सिलबन्दी बाकसभित्र आक्रोशित कर्मचारीद्धारा ‘नालायकीपनका लागि हार्दिक बधाई’ भनी लेखिएको कागजसमेत फेला परेको जानकारी गराइएको छ । निगममा उच्च अधिकारी, क्याप्टेन, पाइलट र क्रू मेम्बरलाई आउने पत्रहरु राख्नका लागि सम्बन्धित व्यक्तिकै नाममा पिजनहोलको रुपमा छुट्टै बाकसहरुको व्यवस्था गरिएको नेपाल समाचारपत्रमा खबर छ ।
    विगत लामो समयदेखि व्यवस्थापनामा देखिएको व्यवस्थापनलाई सुधार गर्नुको साटो निगमको लापरबाहीबारे लेखिएको सत्य समाचारलाई ढाकछोप गर्न पत्रिका विमानमा छिर्न नदिई बाहिरैबाट बेपत्ता पार्ने गरिएपछि डाइरेक्टर पौडेलको पिजनहोलमा उनलाई उपहार स्वरुप चुरा राखिएको कर्मचारीहरु बताउँछन्।त्यस्तै गरी क्याबिन क्रू विभागका उपनिर्देशक सुभाष रिजालले निगमका लागि हालै लिइएका एयर होस्टेजहरुको तालिममा व्यापक लापरबाही गरेको भन्दै उनीमाथि आक्रोश स्वरुप उनको पिनहोलमा रजस्वला हुँदा महिलाले लगाउने एक बट्टा स्यानिटरी प्याड उपचार भनी हालेको पाइएको निगमका कर्मचारीले जानकारी दिए ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page