हाउजिङका नाममा ठगी गर्ने गिरोहका नाइके पक्राऊ

२ जेठ, काठमाडौं । हाउजिङका नामबाट रकम संकलन गरी ठगी गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले रोवियस जि. स्टार विल्डर्स एण्ड डेभलप्मेन्ट प्रा।लि।का संस्थापक सुमन श्रेष्ठलाई पक्राउ गरेको हो ।
Suman-shresthaबुधबार साँझ मध्यपुर ठीमी, भक्तपुरबाट पक्राउ परेका उनलार्इ काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको व्यूरोले जनाएको छ ।
श्रेष्ठले २०६५ सालमा ललितपुरको छम्पी – ५ स्थित रोवियस जि. स्टार विल्डर्स एण्ड डेभलप्मेन्ट प्रालिको नाममा १४ तलाको दुईवटा भवन निर्माण गरी ३२४ वटा फ्ल्याट दिने भन्दै विज्ञापन गरी ७६ जनाबाट ८ करोड २१ लाखबढी रकम उठाएका थिए ।
पैसा लिएपछि फ्लाट नदिएको भन्दै भरतकृष्ण श्रेष्ठ समेतको जाहेरीमा काठमाण्डौं जिल्ला अदालतले ठगी मुद्दामा पुस ११ गते १ बर्ष कैद र ९७ लाख ५४ हजार ६८६ रूपैयाँ जरिवाना र सीता थापा तामाङसमेतको जाहेरीले अर्को फैसलाले १ बर्ष कैद तथा ५ लाख १४ हजार ४७२ रूपेयाँ जरीवानाको फैसला सुनाएको थियो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page