बेलायतको चर्चित पत्रिका दी सण्डे टाइम्सले कतारले घुस दिएको र फिफा अधिकारीहरुले घुस लिएको दावी सहित समाचार छापेको छ ।
पत्रिकाले इमेल, पत्र र बैंक ट्रान्सफरको कागजात फेला गरेको दावी गरेको छ तत्कालीन फिफा उपाध्यक्ष एवं कतारी फूटबल अधिकारी मोहम्मद बिन हमामले विश्वकप आयोजना गर्न दिए वापत फिफामा रहेका दक्षिण अफ्रिकी अधिकारीलाई ५० लाख अमेरिकी डलर घुस दिएको समाचारमा उल्लेख छ ।
हमामले निर्णय हुनुअघि एक वर्ष अघि देखिनै आफ्नो देशको पक्षमा लविङ गरेको पत्रिकाको दावी छ । तर कतारले भने हमामले त्यस्तो नगरेको भन्दै बचाउ गरेको छ । भ्रष्टाचारको आरोपमा फिफाले हमामलाई प्रतिबन्ध लगाएको छ ।
फिफाले सन् २०१० डिसेम्बरमा सन् २०२२ को विश्वकप कतारलाई गर्न दिने निर्णय गरेको थियो । यो निर्णयमा शुरुदेखिनै विवाद हुँदै आएको छ । फिफाका प्रमुख अनुसन्धानकर्ता माईकल ग्रासियाले सन् २०१८ र २०२२ को विश्वकप आयोजना गर्न दिन घुस लिएको भन्ने विषयमा छानबिन सुरु भैसकेको बताएका सण्डे टाइम्सलाई उधृत गर्दै बिबिसीले जनाएको छ । पछिल्लो आरोपले कतारमा विश्वकप आयोजना गर्न दिने निर्णय पूनरावलोकनमा थप दबाब परेको छ ।
