खरेललाई कारबाही सिफारिस


काठमाडौ,जेठ२१–वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेललाई छानविन समितिले कारबाही सिफारिस गरेको छ ।प्रमाणविनै प्रहरी संगठनको अनुशासनविपरीत सार्वजनिक रुपमा वक्तव्य दिएको भन्दै उनलाई कारबाहीका लागि सिफारिस भएको हो । प्रहरी नायव महानिरीक्षक (डिआइजी) विज्ञानराज शर्माको संयोजकत्वको छानविन समितिले सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रतिवेदन बुझाउँदै खरेलको गल्ती देखाइएको हो ।एआइजीमा बढुवा हुन डिआइजीहरु व्रिफकेश बोकेर नेताहरुको घरघरमा पुगेको भन्दै खरेलले विवादास्पद अभिव्यक्ती दिएका थिए । विनाप्रमाण त्यसरी प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिएको निष्र्कष छानबिन समितिले निकालेको खबर आजको नयाँ पत्रिकामा छ । खरेललाई गम्भिर नभई सामान्य कारबाही गर्न सिफारिस भएको स्रोत बताउँछ । रेकर्डमा नजनिने गरी खरेललाई सचेत सम्मको कारबाही गर्न सिफारिस भएको छानविन समितिका एक अधिकारीले बताए । आफुलाई कारबाही सिफारिस भएपछि खरेल मंगलबारदेखि एक महिना बिदामा बसेका छन् ।उनी विदेस भ्रमणमा जाने तयारीमा छन् । खरेललाई कारबाहीको औपचारिक निर्णय भने गृहन्त्रालयले गर्नु पर्ने हुन्छ । - 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page