मन्त्री आर्चायले केएल दुगड समूह अन्तर्गतको ज्ञान हर्वललाई लौठसल्ला संकलनको अनुमति दिएपछि अख्तियारले सो सम्बन्धि निर्णयको फाइल माग्दै अनुसन्धान थालेको हो ।आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ
बहुमूल्य र महत्वूर्ण मानिएको लौठसल्लाको पात प्रशोधनपछि क्यान्सरको केमोथेरापीमा प्रयोग गर्ने गरिन्छ । विवादित कम्पनीलाई लौठसल्ला संकलनको इजाजत दिँदा ठूलै आर्थिक चलखेल भएको उजुरी अख्तियारमा परेको थियो ।
अख्तियारले इजाजतसम्बन्धि फाइनल पठाउन निर्देशन दिँदै वन तथा भु संरक्षण मन्त्रालयलाई पत्र लेखेको छ ।