अपहरित बालकको भारतबाट उद्दार

अपहरणकारी गिरोहका नाइके पक्राउ
बारा, जेष्ठ २७ - भक्तपुरको सुर्य विनायकबाट दुई साताअघि अपहरित साढे दुई वर्षीय बालकको प्रहरीले मंगलवार उद्दार गर्दै अपहरणकारी गिरोहलाई हतियारसहित पक्राउ गरेको छ । प्रहरीले भारत मोतिहारीको रुपहाराबाट बालक उद्दार गरेको हो । प्रहरीले उद्दार गरी ल्याइएको बालक बिटु चौधरीलाई भारत घर भई भक्तपुर बस्ने उनका बाबु राकेश चौधरीलाई मंगलवार पत्रकार सम्मेलन गरी जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार अपहरणमा संलग्न बारा बेनौली गाविस २ का ५० वर्षीय अमलदेव ठाकुर र भारत लखौराका अपहरणका नाइके दिनेश सिंह पक्राउ परेका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग गरिने ६ राउन्ड गोली बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले बताए ।
प्रहरीले अपहरणकारीको यी गिरोहले बारा/पर्साका तीन जनालाई अपहरण गरी लाखौं फिरौती लिएको दाबी गरेको छ । बालकका बाबु राकेशका अनुसार आफ्नो छोरोलाई आफ्नै कवाडीमा काम गर्ने राजु यादवले जेठ १४ गते अपहरण गरी लगेका थिए । प्रहरीले सुरुमा ठाकुरलाई पक्राउ गरेपछि उनको बयान अनुसार दिनेश सिंह पक्राउ परेका हुन् ।
त्यसपछि बालक लुकाइएको स्थान पत्ता लागेको थियो । प्रहरीले अपहरणकारी गिरोहका नाइके सिंहलाई पक्राउ परेका ठाकुर मार्फत नेपालको बलिरामपुर गाविस ९ मा बोलाएर पक्राउ गरेको थियो ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page