१८ जेठ काठमाडौं । भारतकी १३ वर्षीया मालावती पूर्णाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी सबैभन्दा कान्छी आरोही बनेकी छन् ।५२ औं दिनमा मे २५ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी उनले बीबीसीसँग भनिन् -’मेरो आरोहणको उद्देश्य म जस्तै पछाडि पारिएको समुदायका युवा र विद्यार्थीहरुलाई प्ररणा दिने हो ।’ आफू जस्तो आदिवासी युवतीहरुका लागि निकै कम अवसर आउने भन्दै उनले भनेकी छन्-’म आफूलाई प्रमाणित गर्ने अवसरको खोजीमा थिएँ ।’
छोरीले कीर्तिमान कायम गरेकामा उनका आमाबाबु पनि खुसी छन् । उनीहरुले आफ्नो छोरा नरेशले पनि सगरमाथा चढ्ने आश राखेका छन् ।मालावती पूणर्ासहित २० जनालाई सगरमाथा आरोहणका लागि सरकारले सहयोग गरेको थियो । आन्द्र प्रदेश समाज कल्याण आवासिय शैक्षिक संस्थाले २९९ विद्यालयबाट छनोट गरेका ५०० बढी विद्यार्थीबाट २० जनालाई अन्तिम लिस्टमा राखिएको थियो ।उनीहरुले अक्टोबर २६ देखि एक महिनासम्म दार्जिलिङ हमालयन माउटेनिङ इन्स्टिच्युटमा तालिम लिएका थिए ।