उर्गेन तामाङ ,जेठ २१ ,कालिका । आगामी असार ८ गत्ते हुन लागेको संविधानसभा उपनिर्वाचनले चितवन क्षेत्र नम्वर ४ लाई तताएको छ । चुनावि मैदानमा उत्रिएको नेपाली कांग्रेस ,नेकपा एमाले ,एकिकृत नेकपा माओवादी लगायतका विभिन्न १२ वटा राजनितिक दल तथा उम्मेद्धार चुनावी प्रचार प्रसारमा व्यस्त छन । उनिहरु आफ्ना चुनावि नारा ,एजेण्डा जनतासामु पु¥याई मत आफ्नो पक्षमा पार्ने कसरतमा रहेका छन ।
कालिका एफएम सँग कुरा गर्दै दलका उम्मेद्धवारहरुले आफ्नो एजेण्डा राम्रो भएकाले जित सुनिश्चित भएको दावी पनि गरेका छन । यस अघिको संविधानसभाको निर्वाचनमा संविधान बनाउने मुख्य एजेण्डा बनाएका दलहरुले उपनिर्वाचनमा भने कसैले राजनिति छाडेर विकास निर्माणलाई रोजेका छन भने कसैले संविधान निर्माण सँगै विकास निर्माण त कसैले प्राप्त उपलव्धी संस्थागत गर्नुपर्ने समय भएकाले राजनितिक नारालाई नै निरन्तरता दिएका छन ।
कांग्रेसका उम्मेद्धवार रामकृष्ण घिमिरे भन्नुहुन्छ यसपलि विकास निर्माणलाई प्राथमिक्ता दिएका छौँ । राजनितिक झगडा यस अघिनै सकिएको छ ,अव विकास निर्माण हुनु पर्छ घिमिरेले भन्नुभयो जनताले विकास चाहेकाले यो एजेण्डा उठाएका होैँ , हामा्रे जित निश्चित छ । घिमिरेले यस क्षेत्रमा सभापति शुशील कोईरालाले यस अघि जनाउनुभएको प्रतिबद्धता पुरा गराउन आफुलाई प्रतिनिधिका रुपमा प्रस्तुत गरेकाले पनि जित निश्चित भएको दावि गर्नुभयो ।
यस्तै एमालेले भने संविधान निर्माणसँगै वर्गीय मुद्धालाई उठाएको छ । उम्मेद्धार पार्वति रावल भन्नुहुन्छ सम्पुर्ण महिला ,उत्पीडीत तथा युवाको विषयलाई आफुले संविधानमा लेखाउन पहल गर्ने छु । नयाँ नेपालको नयाँ संविधान निर्माणका लागी भन्दै तेस्रो पटक उम्मेद्धारी दिनुभएकी रावलले यसपालि एमालेको जित हुने बताउनुभयो । २०६४ सालमा एउटा पार्टीले जित्यो ,२०७० मा अर्कोले यस पालि एमालेले जित्छ ,रावलले भन्नुभयो ईतिहास सधै एकै प्रकारले दाहोरिदैन ।
केही उम्मेद्धाराहरु आरोप प्रत्यारोपमा समेत उत्रन थालेका छन । एकिकृत माओवादी प्रति ईंगीत गर्दै रावलले भन्न््नुभयो यस अघि पनि संविधानसभा सदस्य बनिसक्नुभएका साथीहरु पनि म सँग चुनावी प्रस्पिर्धामा हुनुहुन्छ ,तर उहाँहरुलाई जनताले चिनिसकेका छन ।
यस्तै एमाओवादीले भने राजनितिक सँगै विकास निर्माणलाई जोड दिएको छ । उम्मेद्धार खुसीराम पाख्रीन भन्नुहुन्छ अहिलेको समय लामो संघर्ष पछिको प्राप्त उपलव्धी संस्थागत गर्ने समय हो । धर्म निरपेक्ष ,पहिचान सहितको संघियता ,अहिलेसम्म संविधानसभाले गर्न नसकेको कामहरु गर्नुपर्ने छ । आदीवासी जनजाती तथा उत्पीडीत समुदायको हक अधिकार संविधानमा लेख्नुपर्ने भएकाले त्यहि अनुसारको चुनावी नारा छ , मेरो जित सुनिश्चित छ ,पाख्रिनले भन्नुभयो ।
विकास निर्माण संविधान बनेपछि मात्र हुने भन्दै पहिले संविधान लेखिनुपर्ने बताउदै पाख्रीनले आफ्ना प्रतिद्धवन्दीलाई आफुभन्दा कमजोर आंकलन गर्नुभयो । नामै उल्लेख गरेर उहाँले एमालेका उम्मेद्धार पटक पटक हारेको तथा कांग्रेसका उम्मेद्धवार स्थानिय भएपनि सधै बाहिर बस्ने र अवसर हत्याउन मात्र आउने गरेकाले आफ्नो जित हुने दावि गर्नुभयो ।
यस क्षेत्रमा ६५ हजार २ सय ९९ मतदाता रहेका छन । दास्रो संविधानसभाको चुनावमा प्रधानमन्त्री एवंम कांग्रेस सभापति शुशील कोईराला विजयी वन्नुभएको यो क्षेत्रमा कोईरालाले छोडेपछि उपनिर्वाचन हुन लागेको हो ।