चामल आयात ३६ प्रतिशतले बढ्याे, दश महिनामा १० अर्बकाे अायात

५ असार, काठमाडौं । धान खेतीतर्फ किसानको चासो घट्दै जान थालेपछि चामलको आयात बढ्न थालेको छ । पछिल्ला वर्षहरुमा भारतबाट नेपालमा हुँदै आएको चामलको आयात उच्च दरले बढेको देखिन्छ ।
chamalचालु आर्थिक वर्षको दश महिनामा भारतबाट ९ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको चामल आयात भएको राष्ट्र बैंकले जनाएको छ । जुन आयात गत वर्षको सोही अवधिको तुलनामा ३६.३ प्रतिशतले बढी हो । यस वर्ष चामलको आयात बढेपनि गत वर्षको तुलनामा वृद्धिदर भने घटेको छ ।
गत वर्षको यसै अवधिमा त्यसको अघिल्लो वर्षको तुलनामा १५०.८ प्रतिशतले चामलको आयात बढेको थियो । आव २०६८/०६९ मा भारतबाट २ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बराबरको चामल आयात भएकोमा गत वर्ष ७ अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।
पछिल्लो समय किसानहरु धान खेती भन्दा पनि तरकारी तथा अन्य नगदे खेतीमा आकषिर्त हुन थालेको पाइन्छ । जसले गर्दा धान उत्पादन घट्दै गइरहेको छ । धान रोपेर भन्दा तरकारी रोप्दा धेरै लाभ हुने भएकाले किसानहरु त्यसतर्फ आकषिर्त हुन पुगेका हुन् ।
त्यसो त पछिल्ला वर्षहरुमा उत्पादनशिल जग्गाहरुमा घनावस्ती बस्न थालेपछि पनि धानको उत्पादनमा प्रभाव परेको हो । चामलको आयात यहि गतिमा बढ्दै जाने हो भने आगामी वर्षहरुमा व्यापार घाटा निकै उच्च हुने व्यापार विश्लेषकहरु बताउँछन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page