लौ हेर्नोस् २६ मन्त्रालयको रकमान्तरको नालीबेली (विवरणसहित)

अख्तियारमा समेत रकमान्तर, रक्षा र गृहले सबैलाई जिते
२९, काठमाडौं । सरकारले गरेको विभिन्न मन्त्रालयको रकमान्तरबारे चासो राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै २० करोडको रकमान्तर भएको तथ्य खुलेको छ । यसरी रकमान्तर गर्नेमा २५ मन्त्रालयका साथै राष्ट्रपति कार्यालयदेखि महालेखा परीक्षकको कार्यालयसम्म छन् ।
अनलाइनखबरलाई प्राप्त रकमान्तरसम्बन्धी विवरणअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २० करोड ९२ लाख ६७ हजार ९ सय २० रुपैयाँ रकमान्तर गरिएको छ । अघिल्लो आर्थिक वर्षमा अख्तियारमा ३ करोड ७४ लाख रुपैयाँमात्रै रकमान्तर गरिएको थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अख्तियारमा १६ करोडभन्दा बढी रकमको रकमान्तर गरिएको छ । यसरी आफैंले रकमान्तर गरेको अख्तियारले सरकारले गरेको रकमान्तरबारे चासो दिएको छ ।
रक्षा, गृह र यातायात मन्त्रालयमा बढी रकमान्तर
सबैभन्दा बढी रकमान्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । सो मन्त्रालयले ६ अर्ब ७१ करोड ३९ लाख ४७ हजार ८ सय रुपैयाँ रकमान्तर गरेको छ । यातायातपछि बढी रकमान्तर गर्नेमा गृह मन्त्रालय परेको छ । गृह मन्त्रालयमा ४ अर्ब ९४ करोड ८ लाख ६९ हजार ३ सय २० रुपैयाँ रकमान्तर गरिएको छ ।
बढी रकमान्तर गर्नेमा रक्षा मन्त्रालय तेस्रोमा परेको छ । नेपाली सेनाको समेत विभागीय मन्त्रालय मानिने रक्षा मन्त्रालयले ४ अर्ब ८ करोड ७१ लाख ९५ हजार २ सय ८६ रुपैयाँ रकमान्तर गरेको छ ।
त्यसैगरी दुई अर्बभन्दा बढी रकमान्तर गर्ने निकायहरुमा सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् । स्थानीय विकास मन्त्रालयमा रक्षा र गृहमा भन्दा कम रकमान्तर भएको छ । यसले विकासमा भन्दा सुरक्षामा बढी रकमान्तर गरिएको देखाउँछ । स्थानीय विकास मन्त्रालयमा २ अर्ब ९४ करोड ३० लाख ३ हजार रुपैयाँ रकमान्तर गरिएको पाइएको छ ।
राष्ट्रपतिदेखि न्यायपरिषदसम्म रकमान्तर
राष्ट्रपति कार्यालयमा २ करोड १५ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ रकमान्तर गरिएको छ । उपराष्ट्रपति कार्यालयको रकमान्तर भने साढे ५ लाखको हाराहारीमा मात्र छ । अदालतमा ४४ करोडभन्दा बढी रकमान्तर भएको छ । महालेखा परीक्षकको कार्यालयमा ७१ लाख ६० हजारको रकमान्तर भएको छ ।
लोकसेवा आयोगमा ४ करोड र निर्वाचन आयोगमा साढे ५ लाख रकमान्तर भएको छ । महालेखा परीक्षकको कार्यालयमा २ करोड ७० लाख ९५ हजारको रकमान्तर गरिएको छ । न्यायपरिषदमा १ करोड ५५ लाख ३८ हजार ६ सय रुपैयाँको रकमान्तर भएको छ ।
प्रधानमन्त्रीको कार्यालयले १ अर्ब ९ करोड, ९३ लाख १७ हजार २ सय ७५ रुपैयाँ रकमान्तर गरेको छ । जबकि अघिल्लो सरकारका पालामा मन्त्रिपरिषद कार्यालयले १२ करोडमात्रै रकमान्तर गरेको थियो ।
हेर्नुहोस् रकमान्तरको विस्तृत विवरण
Rakamantar

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page