मेघौलीको गोलाघाटनमा आज राती स्थानिय र नेपाली सेनाबीच झडप भएको छ । झडमा परि दुई जना स्थानिय घाईते भएका छन् । सेनासंग झडपभएपछि पुगेको प्रहरीसंग पनि झडप हु“दा एक प्रहरी जवान समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शान्तीराज कोइरालाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । घाईतेहरुको भरतपुरमा उपचार भईरहेको छ । राप्ती नदीमा माछा मार्ने विषयमा विवाद भएपछि झडपको रुप लिएको थियो । सेनाको गाडी स्थानियले नियन्त्रणमा लिएर राखेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
Share this Page
Popular Posts
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...
-
Namaste, I am Rachan Karki from www.kshatree.webs.com . It is the page of www.kshatreesamaj.blogspot.com made to send Free SMS to all mobile...
-
२० मंसिर, काठमाडौं । नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग बराबरी खे...
