मेघौलीको गोलाघाटनमा आज राती स्थानिय र नेपाली सेनाबीच झडप भएको छ । झडमा परि दुई जना स्थानिय घाईते भएका छन् । सेनासंग झडपभएपछि पुगेको प्रहरीसंग पनि झडप हु“दा एक प्रहरी जवान समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शान्तीराज कोइरालाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । घाईतेहरुको भरतपुरमा उपचार भईरहेको छ । राप्ती नदीमा माछा मार्ने विषयमा विवाद भएपछि झडपको रुप लिएको थियो । सेनाको गाडी स्थानियले नियन्त्रणमा लिएर राखेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
Share this Page
Popular Posts
-
काठमाडौं, मङ्सिर १४-भारतको नयाँदिल्लीमा हुने सातौं साफ च्याम्पिएनसीप प्रतियोगितामा भाग लिन २७ सदस्यीय राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस...
-
हलिउडका स्टारहरु हिजोआज पहिरनका कारण सर्वाधिक चर्चामा आउने गरेका छन् । उनीहरुले लगाएको पहिरन र त्यसले संकेत गरेको अर्थ गहिरो छ । चर्चा पाउ...
-
२० मंसिर, खलंगा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी नफुट्ने दावी गर्नु भएको छ । रुकुम सदरमुकाम खलंगामा...
