इञ्जिनियरिङका २४ छात्रछात्रा नदीमा बेपत्ता


२६ जेठ, एजेन्सी ।
भारतको हिमाञ्चल प्रदेशको व्यास नदीमा इञ्जिनियरिङ अध्ययनरत २४ विद्यार्थी बगेर बेपत्ता भएका छन् । नदिमा बगेका ५ जनाको शव भेटिएपनि १९ जना अझै बेपत्ता रहेको मंडी जिल्लास्थित प्रहरी कार्यालयले बताएको छ ।
नदिमा बगेर बेपत्ता हुनेमा १८ छात्र र ६ छात्रा रहेका छन् । इन्डष्ट्रियल टुरका क्रममा रहेका उनिहरु हैदरावाद इञ्जिनियरिङ कलेज दोस्रो वर्षका विद्यार्थी भएको बताइएको छ ।
गोताखोर लगाएर खोजिकार्य तिब्र बनाएपनि आइतबार साँझ भएको घटना वितेको २४ घण्टा सम्ममा कसैलाई जिवित फेला पार्न नसकिएको र बेपत्ता मध्येपनि मात्र ५ वटा शव भेटिएको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
नदिमा बग्दा बग्दै उत्रन सफल एक छात्रका अनुसार सबै विद्यार्थीहरु ब्यास नदीमा पानी कम भएका बेला फोटो खिचाइरहेका थिए । उनका अनुसार नदि नजिकै रहेको बोतल लिन साथिहरुले पठाउँदा फर्केर आउँदा साथिहरुलाई नदिमा बढेर आएको पानीले बगाएको हो ।
नदिले बगाएका केटा मध्ये तिनजना पौडन सक्नेले दुई छात्रालाई बचाएर उतारेपनि उनिहरु भने नदिमा बेपत्ता भएका छन् ।
नजिकै रहेको बाँधको पानी खोल्दा उनिहरुलाई बगाएको र पानी छाड्नुअघि साइरन बजाउनुपर्नेमा त्यस्तो नभगरेको जिवित छात्रछात्राले आरोप लगाएका छन् ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page