काठमाडौ,१३ मंसिर । प्रमुख ठूला तीन दल र मधेसी मोर्चावीच संविधानसभाको म्याद अन्तिम पटक ६ महिना थप्ने सहित ६ बुँदे सहमति भएको छ । शान्ति मन्त्रालयमा बसेको चार दलको बैठकले संविधानसभाको म्याद ६ महिना थप्ने सहमति सहित सात बुँदे सम्झौतामा मंसिर ७ गतेसम्म सक्ने भनि तोकिएको शान्ति प्रक्रिया सम्बन्धी कामकोलागी मंसिर मसान्तसम्मको समय पनि दिएको छ । जसअन्तर्गत सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गर्ने पनिरहेको छ । त्यसैगरी नयाँ संविधान जारी गर्न र संघीयता सम्बन्धी विवादमा राष्ट्रिय सहमति जुटाउन आवश्यकता अनुसार राष्ट्रिय सहमतिको सरकार गठनकालागी समेत पहल सुरु गर्ने सहमति पनि भएको छ । जसकोलागी प्रत्येक साता चार दलको शिर्ष नेताहरुको बैठक बस्ने छ । बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माणको साथै सात बुँदे सहमति कार्यान्वयनको समिक्षा गर्ने छ । त्यसैगरी राज्यपुर्नसंरचना आयोगले प्रतिबेदन बुझाएपछि सहमतिमा दुई महिनाभित्र संघीयताको विषयलाई टुङग्याउने सहमति पनि दलहरुवीच भएको छ । बैठकपछि नेपाली काग्रेसका नेता अर्जुननरसिह केसीले सहमतिको सरकारकोलागी पहल गर्ने सहमति भए पनि शान्ति प्रक्रिया टुङगिएपछि मात्रै सहमतिको सरकार गठन गर्ने जेन्टलम्याद सहमति भएको जानकारी दिनुभयो । दलहरुवीच संविधानसभाको म्याद थपका विषयमा विविध धारणा रहे पनि शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकारको विषयलाई प्याकेजमै अगाडि बढाउने गरी कार्यदलले प्रस्ताव तयार गरे पछि ६ महिनामा सहमति जुटेको हो ।
संविधानसभाको म्याद अन्तिम पटक ६ महिना,२०६९ जेठ १४ सम्म