पोर्न साइट हेर्नेमा एप्पल प्रयोगकर्ता अगाडि

२०७१ जेठ २७ गते
विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनी एप्पलले हालै आफ्नो सबैभन्दा नयाँ अपरेटिङ सिस्टम आइ ओ एस ८ लन्च गर्यो । काम भन्दा प्रचार बढ्दा गर्ने आरोप लागेको एप्पलले वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स-२०१४ मा आफ्नो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेसँगै आफ्नो उचाइ बढायो । प्रविधिको हिसाबले एप्पल प्रतिस्पर्धी कम्पनीहरुको बीचमा उत्कृष्ट त छ नै एप्पल पोनोग्राफीका पारखीहरुबीच पनि लोकपि्रय रहेको खुलासा भएको छ ।
pron
पोनोग्राफिक वेबसाइट पोर्नहवका अनुसार एप्पलको सफारी ब्राउजरको माध्यमबाट विश्वमा सबैभन्दा बढि पोर्न सामाग्रीहरु इन्टरनेटमा सर्च गर्ने गरिएको छ ।
पोर्नहवले आफ्नो वेबसाइटमा अश्लील सामाग्री खोज्ने इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा धेरैले सफारी ब्राउजरनै प्रयोग गर्ने गरेका जनाएको छ । पोर्नहवका ३ करोड ८० लाख दैनिक भिजिटर्स रहेकोमा सबैभन्दा बढि भिजिटर्स एप्पलको डिफल्ट ब्राउजर सफारी ब्राउजरबाट आउने गरेको छ ।
safari2
आफ्नो आधिकारिक ब्लगमा पोर्नहवले जनाए अनुसार ट्याबलेट प्रयोग गरेर पोर्नहव साइट हेर्ने मध्ये ७३ प्रतिशतले एप्पलको सफारी ब्राउजर प्रयोग गर्ने गरेका छन् । त्यस्तै १३.६ प्रतिशतले गुगलको गुगल क्रोम ब्राउजरबाट पोर्नहव साइट हेर्ने गरेका छन् ।
पोर्नहवका अनुसार उसको वेबसाइटको ट्राफिकमा तेश्रो स्थान एन्ड्रोइड प्रयोगकर्ताको रहेको छ । एन्ड्रोइड प्रयोगकर्ताले पोर्नहवको ट्राफिकमा ७.८ प्रतिशत हिस्सा ओगटेका छन् ।
त्यस्तै चौथो नम्बरमा अमेजनको किन्डल फायरमा डिफल्ट ब्राउजरको रुपमा रहेको सिल्क ब्राउजरका प्रयोगकर्ता छन् । त्यस्तै ब्लाकबेरीको डिफल्ट ब्राउजर प्रयोग गरेर पोर्नहव साइट हेर्ने केवल ०.६९ प्रतिशत मात्र छन् ।
यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने ट्याबलेटबाट पोर्नसाइट हेर्नेमा आइप्याड प्रयोगकर्ता सबैभन्दा अगाडि छन् ।
उता स्मार्टफोन प्रयोगकर्तामा पनि अश्लील साइट हेर्नेमा आइफोन प्रयोगकर्ता नै अगाडि छन् । आइफोनको सफारी प्रयोगकर्ता ३८ प्रतिशत रहेकोमा एन्ड्रोइड ब्राउजर प्रयोगकर्ता २९.४ प्रतिशत रहेको बताइएको छ । गुगल क्रोम प्रयोग गरेर स्मार्टफोनबाट पोर्नहव साइट हेर्नेको संख्या १८ प्रतिशत रहेको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page