असार ४,
चितवनका एग्रँेभेटहरुमा सरकारी मान्यता प्राप्त नभएका धानको विउ बच्ने गरेको पाईएको छ ।जिल्ला कृषी विकास कार्यलय चितवनबाट अनुगमनमा गएको टोलीले अनाधिकृत रुपमा उन्नत जातको विउ भन्दै कमसल खालको धानको विउ विक्री गर्ने गरेको भेटाएको हो ।सवै भन्दा बढी धानको विउ खपत हुने बर्षे धानको विउ राख्ने समयमा एग्रोभेटहरुले मान्यता प्राप्त विउ भन्दा अन्य जातको विउ विक्री वितरण गर्दा किसानहरु मारमा परेका छन ।एग्रोभेटहरुले मान्यता प्राप्त धानको विऊमा भन्दा अन्य जातको विउ बेच्दा नाफा हुने भएकाले एग्रोभेटले यस्तो गर्ने गरेको जिल्ला कृषी विकास कार्यलय चितवनका बाली संरक्षण अधिकृत कमल नाथ वाग्लेले बताउनु भयो ।कृषकहरुलाई बढी धान फल्ने र धानको मूल्य बढी आउने भन्दै भारतबाट सोस्तोमा ल्याईएका विउ एगा्रेभेटले वेच्ने गरेका छन् ।अहिले वजारमा गरिमा , हाईब्रिड पड्डा , फन्र्टलाईन लागएत नाम गरेका विउहरु विक्री वितरण भैरहेका छन् ।यसैबिच जिल्ला कृषी विकास कार्यलय चितवनले मान्यता प्राप्त विउ विक्री केन्द«बाट मात्रै विउ किन्न कृषकहरुलाई आग्रह गरेको छ ।विउ छनोट गर्दा स्रोत खुलेको विउ मात्र किन्न र व्याड बनाउदा प्राङग्ररिक मल तथा गोवर मल प्रयोग गर्न कृषकहरुलाई अनुरोध गरेको छ । त्यस्तै हीलो तथा झुले विउ राख्दा धानको विउलाई उमारेर वा अङकुरण भएपछि विउ छर्न उनिहरुको सल्लहा छ । विउ राखेको २२ दिन देखि २३ दिन भित्र विउ रोपे उत्पादनमा वृद्धि हुने वाली विकास अधिकृत राजन ढकालले जानकारी दिनु भयो । चितवनमा २९ हजार ६ सय ५० हेक्टरमा धान खेति हुदै आएको छ । पूर्वी चितवनका जुटपानी, पिठुवा, पिप्ले, भण्डारा, कठार, बछौली र पश्चिम चितवनका गीतानगर, दिव्यनगर, शारदानगर र माडी क्षेत्रमा बढी धान उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।
