चितवनको ठोरी गाबिस वडा नम्बर १ रोजिनगर मा आज बिहान परेको चट्याङ लागेर १ युवतीको मृत्यु भएको छ ।
बादर झुला घर भएकी १९ बर्षिय शर्मीला चौधरीको ज्यान गएको हो । घरायासी कामको लागि घरको आगनमा निस्कीएको बेला चौधरीलाई चट्याङ लागेर घटना स्थलमै ज्यान गएको स्थानिय नरबहादुर गुरुङ्गले जानकारी दिनुभएको छ ।
उनी सोही घरमा काम गर्न बस्दै आएको बताईएको छ । उनले यसै बर्ष कक्षा ११ को परिक्षा समेत दिएकी थिईन । चट्याङका कारण घरमा जडान गरीएको सोलारको ब्याट्रिमा क्षेति पुगेको छ ।