गर्मीले गर्दा चितवनको सौरहामा इलिफेन्ट बाथ(Elephant Bath at Sauraha,Chitwan)


गर्मीले गर्दा हात्तीसँग नुहाउने पर्यटकको भीड लाग्छ । आन्तरिक तथा बाह्य दुवै पर्यटकको आकर्षण हात्ती स्नानमा हुने गर्छ । यहाँको सफारी पार्क होटल एन्ड लज छेउमा निर्माण गरिएको हात्ती स्नान गर्ने स्थलमा बिहानैदेखि पर्यटकको ताँती लाग्ने गर्छ । पर्यटकलाई हात्ती स्नान गर्न १० बजेदेखि १२ बजेसम्म खुला गरिन्छ । दैनिक ८० देखि ८५ जना पर्यटक हात्ती स्नानका लागि आउँछन् ।
यहाँको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीस्नानलाई व्यवस्थापन गरेको छ । एक वर्षदेखि सहकारीले हात्ती उपलब्ध गराई पर्यटकलाई स्नान गराउँदै आएको छ । सहकारीका ५१ वटा हात्ती छन् । पर्यटकको संख्याअनुसार हात्ती उपलब्ध गराइन्छ । 'हामीले हात्तीमाथि चढेर स्नान गर्नेलाई टिकटको व्यवस्था गरेका छौं,' सहकारीका प्रबन्ध निर्देशक नगेन्द्र चापागाईले भने, 'टिकटबाट उठेको पैसा सहकारीमा जम्मा गरेर कर्मचारीलाई तलब र हात्तीको आहारामा खर्च गर्छौं ।'
एउटा हात्तीमा २ जना पर्यटक अट्छन् । अहिले भारतीय, चिनियाँ र आन्तरिक पर्यटकको आगमन बढी छ ।
Elephant Bath at Sauraha,Chitwan Nepal in Summer season.

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page