मेस्सीलाई अर्जेन्टिना बाहिरिने डर थियो

Messi-1
स्टार स्ट्राइकर लिओनल मेस्सीले स्विट्जरल्याण्डसँगको खेलमा एन्जल डी मारियालले गोल गर्नु अघिसम्म आफूलाई अर्जेन्टिना विश्वकपबाट बाहिरिने डर भएको बताएका छन् । अतिरिक्त समयको पनि अन्तिम २ मिनेट बाँकी छँदा मेस्सीकै पासमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई क्वाटरफाइनलमा पुर्‍याएका छन् ।
कप्तान मेस्सीले भनेका छन्-’खेलको अन्त्यतिर म नर्भस भएको थिएँ किनकी हामीले गोल गर्न सकेका थिएनौं र सानो गल्तीले पनि हामीलाई विश्वकपबाट बाहिर पठाउँथ्यो ।’ उनले अघि थपे-समय वित्दै गइरहेको थियो र हामी खेल पेनाल्टीमा पुगोस भन्न चाहन्नथ्यौं ।’
दुई पटकको च्याम्पियन अर्जेन्टिनाले बल पोजिसन बनाएपनि गोल गर्न भने ११८ औ मिनेटसम्म कुर्नु परेको थियो । थप दुई मिनेट गोल नभएको भए खेलको निर्णय टाइब्रेकरबाट लिनु पर्ने थियो ।
मेस्सीले भनेका छन्-हामी पीडित थियौं । तर, विशेष खेल्यौं । मैले एन्जललाई पास दिएँ र हामीले खुसी मनाउन पायौं ।’
गोलकर्ता विंगर डी मारियाले भने आफूहरु जितको हकदार भएको बताएका छन् । ‘म होइन, हिरो भनेको २३ खेलाडी र टेक्निकल स्टाफ हुन्’ उनले भनेका छन् ।
अर्जेन्टिनाले स्विट्जरल्याण्डको पोष्टमा १२० मिनेटमा २९ गोलको प्रयास गरेको थियो । स्विट्जरल्याण्डले भने पहिलो हाफमा एक उत्कष्ट मौका पाएको थियो, जसलाई अर्जेन्टिनी गोलरक्षकले त्यतिकै उत्कृष्ट ढंगले बचाउ गरे ।

Tags: , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page