विश्वकप शुरु भए यता फेसबुकमा प्रतियोगिता सम्बन्धी एक अर्ब भन्दा बढी कमेन्ट, पोष्ट र ‘लाइक’ जस्ता गतिविधि भएको त्यस्तै २२ करोड मानिस अनलाईन कुराकानीमा सहभागी भएको फेसबुकले जनाएको छ ।
नकआउट चरण शुरु भएपछि त्यसअघिका सबै रेकर्ड तोडिएका हुन् ।
“कुनै पनि खेलकुदका बेला फेसबुकमार्फत हुने कुराकानीमा बृद्धि हुने गरेको भए पनि विश्वकप अनौठो क्षण सावित भएको छ,” फेसबुकले एउटा ब्लगमा भनेको छ, “फेसबुकका डेटा एडिटरले एक अर्ब भन्दा बढी अन्तरक्रिया भएको यसअघिका अन्य कुनै खेल वा घटना मापन गरेका थिएनन् ।
ब्राजिल र चिलीबीच भएको खेलका बेलामात्रै ३ करोड १० लाखभन्दा बढी मानिसले ७ करोड ५० लाख पोष्ट, कमेन्ट र लाइक गरेका थिए ।
फेसबुकका अनुसार विश्वकप फुटबल–२०१४ अन्तर्गत ब्राजिल र क्रोएशियाबीच भएको उद्घाटन खेलका बेला १४ करोड अन्तरक्रिया भएका थिए ।
ब्राजिलियन खेलाडीहरु अधिकांश फेसबुक प्रयोगकर्ताका चासोको विषय हुने गरेको पनि फेसबुकले जनाएको छ । नेइमारले पोष्ट गरेको हल्कसँगको ‘कमिक’ तस्वीरले मात्रै २५ लाख लाइक पाएको छ ।
नेइमार र डेभिड लुइजको तस्वीर अत्यधिक मनपराइएका तस्वीरमध्ये १२ नम्बरमा परेको पनि फेसबुकले जनाएको छ ।
एएफपी
एएफपी