स्वास्नी बेचेर मोटरसाइकल किन्ने पक्राउ

स्वास्नी बेचेर मोटरसाइकल किन्ने पक्राउ
१७ असार, काठमाडौं ।
आफ्नै श्रीमती बेचेर मोटरसाइकल किन्ने एक पुरुष पक्राउ परेका छन् । दलाललाई ५० हजारमा श्रीमती बेचेर मोटरसाइकल किन्ने भारतको मध्य प्रदेशका वैतुलका पुरुष पक्राउ परेका हुन् ।

समाचार अनुसार आफ्नै श्रीमानबाट बेचीएकी ति महिलालाई भने ५० हजारमा किनेको दलालले दश हजार बढी पैसामा अर्कै ब्यक्तिलाई बेचिदिएका थिए ।
पछि बेचिएकी महिलाका बुबाले पुलिसमा उजुरी गरेपछि गुना जिल्ला चाचौडा गाउँमा आफ्नै श्रीमानबाट बेचिएकी महिला फेला परेपछि घटना सार्वजनिक भएके हो ।
प्रहरीले श्रीमती बेच्ने श्रीमान, दलाल र महिला किन्ने आरोपीलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page