क्रिकेट प्रशिक्षक पुवुदुको करार एक वर्ष थप

क्रिकेट प्रशिक्षक पुवुदुको करार एक वर्ष थप
१७ असार, काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता एक वर्ष थप गरेको छ ।
नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्काको असन्तुष्टि तथा क्रिकेट समर्थकको दवावपछि क्यानले पुवुदुको करार एक वर्ष थपेको हो ।
सोमवार मात्र यसअघि थपिएको ३ महिनाको करार सकिएका पुवुदुलाई यसअघि क्यानले पैसा अभाव भन्दै करार थपेको थिएन ।
आजै मात्र सरकारका अर्थमन्त्री र खेलकुद मन्त्रीले क्यानसँग पैसा नभए सरकारले दिने बताएको थियो । सरकारले आवश्यक आर्थीक सहयोग गर्ने बताए पछी क्यानले सो निर्णय गरेको हो।
प्राप्त समाचार अनुसार एकवर्षको करार थपिएपछि प्रशिक्षक पुवुदु हप्तादिन भित्रमा नै नेपाल आउने भएका छन् ।
करार थपिएको बारेमा क्यानले प्रशिक्षक पुवुदुलाई इमेल लेखेको र यसबारे टेलिफोनमा पनि जानकारी गराउने भएको क्यानले बताएको छ ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page