अर्जेन्जिना कि स्विजरल्याण्ड ?

अर्जेन्जिना कि स्विजरल्याण्ड ?
१७ असार, साओ पाउलो ।
लियोनल मेसीको गोलबाट प्रेरित अर्जेन्टिनाले विश्वकपको अन्तिम १६ सम्मको यात्रा तय गरेको छ। मंगलबार स्विट्जरल्यान्डसँग नकआउट चरणमा भिड्दा अगाडि बढ्ने हो भने टोलीले सुधारिएको अलराउन्ड प्रदर्शन गर्नुपर्नेछ।
चारपटकका फिफा विश्व वर्ष खेलाडीले अन्ततः देशका लागि क्लबको जस्तै लय समातेका छन्। समूह ुएफु बाट अर्जेन्टिना विजेता बन्दै अगाडि बढ्दा गरेका ६ मध्ये ४ गोल मेसीकै नाममा थिए। तर तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्य लिएको अर्जेन्टिनाले इरानलाई १–० ले हराउँदा अन्तिम समयसम्म गोलका लागि तड्पिनुपरेको थियो भने नाइजेरियालाई ३–२ ले हराएको खेलमा पनि दुईपटकसम्म अग्रता गुमाउनुपर्योर।
अर्जेन्टिनाले जारी विश्वकपमा अहिलेसम्म सामना गरेभन्दा कठिन प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग खेल्नुपर्नेछ। जसले समूह चरणमा इक्वेडर, फ्रान्स र होन्डुरसविरुद्ध ७ गोल गर्यो्, त्यसमा शेर्डान शाकिरीको ३ गोल थियो।
'अब हामीसँग कुनै गल्ती गर्ने मौका छैन। एउटा सानो गल्तीले पनि हामीलाई प्रतियोगिताबाट बाहिर पार्न सक्छ,' मेसीले आफ्ना टिम सहयात्रीलाई सचेत पारे, 'देशका लागि विश्व च्याम्पियन हुनुभन्दा सुन्दर कुरा यो विश्वमा अरु केही छैन।'
अर्जेन्टिनाको समर्थनमा मंगलबार साओ पाउलोमा १ लाखभन्दा बढी अर्जेन्टिनी पुग्ने अपेक्षा गरिएको छ। तीमध्ये केहीले त खेल हुने कोरिन्थियन्स एरिनाको टिकटसमेत हात पारिसकेका छन्। तर उनीहरूले नाइजेरियाविरुद्धको खेलमा मांसपेशीको समस्याका कारण पहिलो हाफमै मैदान छोडेका म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्विरोलाई मैदानमा देख्ने छैनन्।
मेसी र प्रशिक्षक एलेसान्द्रो साबेला दुवै अर्जेन्टिनी टोली क्रमशः सुधारिँदै गएकोमा विश्वस्त छन्। अब विस्तारै सुधारिनुभन्दा ह्वात्तै तात्नुपर्ने आवश्यकता पनि उनीहरूले बुझेका छन्। 'समूह चरणमा हामीले सम्भव ९ अंक नै लियौं। तर त्यो हाम्रो उत्कृष्ट प्रदर्शन थिएन। अब हामीले क्षमताअनुसार प्रदर्शन गर्नुपर्छ,' साबेलाले भने।
विश्वकपपछि संन्यासको घोषणा गरिसकेका बायर्न म्युनिखका पूर्वप्रशिक्षक ओटमार हिट्जफिल्ड स्विट्जरल्यान्डको टोली नेतृत्व गर्दै ब्राजिल पुगेका छन्। समूह चरणमा फ्रान्ससँग ५–२ को नतिजामा पराजित भए पनि इक्वेडरलाई २–१ तथा होन्डुरसलाई ३–० ले हराएर नकआउट चरण छानिएको टोलीले अर्जेन्टिनासँग संघर्ष गर्नुपर्ने हिट्जफिल्डले बुझेका छन्। 'दक्षिण अमेरिकाको मौसममा अर्जेन्टिनाजस्तो टोलीसँग खेल्न सजिलो पक्कै हुँदैन,' उनले भने।
स्विट्जरल्यान्डको आक्रमण बायर्न म्युनिखका २२ वर्षे फरवार्ड शाकिरीमा धेरै हदसम्म निर्भर छ। होन्डुरसलाई हराउँदै नकआउट चरणलाई छानिँदा सबै ३ गोल उनैले गरेका थिए। सन् १९५४ पछि विश्वकपमा स्विट्जरल्यान्डका लागि एकभन्दा बढी गोल एकै खेलमा गर्ने शाकिरी पहिलो खेलाडी हुन्।
यसअघि दुई टोलीबीचका सबै ६ खेलमा अर्जेन्टिनाले जित पाएको छ। २०१२ मा बेर्नमा सम्पन्न मैत्रीपूर्ण खेल ३–१ ले जित्दा मेसीले स्विट्जरल्यान्डविरुद्ध नै पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका थिए।
'हामीले मेसीलाई सामना गर्ने तयारी गरिसकेका छौं। साथमा हामी पूरा अर्जेन्टिनालाई सामना गर्नेछौं,' स्विस गोलकिपर डिएगो बेनाग्लियोले भने, 'मेसीलाई रोक्न पक्कै गाह्रो हुन्छ, तर अर्जेन्टिनी टोलीमा उनीमात्र खतरनाक खेलाडी होइनन्।'
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page