डैनीका छोरा पनि बलिउड छिर्ने तयारीमा

 
बलिउड अभिनेता डैनी डेन्जोङ्पाका एकमात्र सुपुत्र रिन्जिङले पनि बाबुकै पदचिन्ह पछ्याउने भएका छन। यस अघि डैनी सुपुत्रले आफ्ना पिताको बियर कारोबारलाई सम्हाल्ने कुरा थियो तर हाल आएर उनले त्यो सोचलाई बदलेका छन। हाल कलाकार बन्न कै लागि रिन्जिङले पूर्णकालिन रुपमा नृत्य, मार्सल आर्ट र घोडचढीको तालिम लिइरहेका छन ।
बताइए अनुसार उनले यो निर्णय उनका निकटतम मित्र तथा ज्याकी श्राफका छोरा टाइगर श्राफले बलिउड प्रवेश गरेपछि लिएका हुन।
आफ्नो छोराको बलिउड प्रवेशका बारेमा डैनीले भने, ‘मलाई मेरो छोरा मेरो बियर कारोबारमा संलग्न होला भन्ने लागेको थियो। तर उसको अत्यन्त मिल्ने साथी टाइगरले बलिउड प्रवेश गरे पछि रिन्जिङले पनि अभिनेता बन्ने निर्णय लिएका छन जसका लागि हाल उनी तालिमरत छन। उसको आफ्नै सोच र सोच्ने तरिका छ। मैले उसको निर्णयलाई प्रभावित गर्ने कुरा सपना पनि सोचेको छैन। मैले पनि मेरो जीवनका सबै निर्णयहरू म आफैले लिएको थिएँ । उसले गर्ने हर काममा उसलाई मेरो शुभकामना रहन्छ।’
रिन्जिङको बलिउडमा प्रबेश गर्ने तयारीका बारेमा जब टाइगरलाई सोधियो, टाइगरले भने,’  मिल्ने साथीले कुनै काम गरेकै कारण रिन्जिङले यस्तो निर्णय लिए भन्ने कुरामा म सहमत छैन किनकी ऊ आफैमा आफ्नै सोच भएको मान्छे हो र उसलाई आफूले के गर्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा छ।’
उनीहरू जस्तै उनीहरूका बाबुहरू डैनी र ज्याकी पनि एकदमै मिल्ने साथी हुन।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page