बैठकमै आउन छाडे सहमतिको दाबी गर्ने एमाले नेता,


१० कात्तिक, काठमाडौं । गोकर्ण रिसोर्टबाट सहमतिमा पुग्न नसकेका तीन दलका शीर्ष नेताहरुले आज सिंहदरबारमा निर्णयक वार्ता गर्ने दाबी गरेका थिए । तर, निर्णायक वार्ता त परै राखौं, नेताहरु बैठकमै भेला हुन सकेनन् ।
संविधानसभाले सहमतिका लागि दिएको अन्तिम समयसीमा सकिन ५ दिन बाँकी रहँदा प्रमुख दलवीच सहमतिको सम्भावना टर्दै भएको छ ।
शनिबार एमाले र एमाओवादीवीच सम्पन्न छुट्टै छलफलमा एमाले नेताहरुले हिमाल पहाड र तराईलाई जोड्ने गरी चार प्रदेश बनाउने प्रस्ताव अघि सारेका थिए ।
यसअघि कांग्रेसको जस्तै सात प्रदेशको प्रस्ताव गरेको एमालेले ठाडो चिरा हुने गरी चार प्रदेशको प्रस्ताव अघि सारेपछि संघीयतामा सहमति टाढिएको छ । शनिबारको बैठकमा एमाले नेताहरु अनुपस्थित भएपछि झनै वातावरण धमिलिएको महसुस गर्न सकिन्छ ।
उता, सोमबारै बालुवाटारमा कांग्रेस र एमाओवादीवीचमा पनि अलग्गै छलफल भएको थियो । सो छलफलमा सहमतिको पहलकदमी कांग्रेसले लिनुपर्ने एमाओवादी नेताहरुले आग्रह गरेका थिए ।
गोकर्ण रिसोर्टमा दुई चरणमा छलफल गरेका नेताहरु सुरुमा तँ तँ र म म भन्ने स्थितिमा थिए । एमाओवादी नेता डा. बाबुराम भट्टराईले केपी ओलीको निवासमै पुगेर सहमतिका लागि जोड गरेपछि तीन दलका नेताहरु यतिबेला कमसेकम वार्ताको टेबलमा बसेर सहजरुपमा छलफल गर्ने अवस्थामा आइपुगेका थिए ।
तर, सोमबारदेखि एमाले नेताहरु एमाओवादी नेता डा. बाबुराम भट्टराईले संयोजन गरेको छलफलमै नआउने स्थितिमा पुगेका छन् ।
संविधानका विवादित विषयमा सहमति जुटाउने मिति पाँच दिनमात्रै बाँकी रहँदा दलहरुको सहमतिको प्रयास बालुवा पेलेर तेल निकालेसरह हुन पुगेको छ ।
फाइल तस्वीर
फाइल तस्वीर
-
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page