चितवन- ‘एकपटकलाई छाडिदिनोस् हजुर!
‘मिल्दैन। दुई सय जरिवाना लाग्छ।'
‘थाहा भएन, गल्ती भयो, एकपटकलाई माफ पाऊँ न!'
‘दुई सय तिर्नुस्, जानोस्! स्पिड नियन्त्रणमा ध्यान दिनुपर्योउ नि, ख्यालख्याल गर्ने?'
‘यो त रक्सी खा'को भन्दा चर्काे भो नि, हजुर!
‘रक्सी खाए त एक हजार हो!'
कार चालक अशोक महर्जन र आँपटारीका प्रहरी हवल्दार रामप्रसाद पन्तबीचको कुराकानी हो यो। पन्त शुक्रबार दिनभर यसैगरी चालकलाई सम्झाउन व्यस्त रहे। सवारी साधनले गति नियन्त्रणमा ध्यान नदिएपछि प्रहरीले सडकमा कडाइ गरेको थियो। शुक्रबार र शनिबार दर्जनौं सवारी साधन यसैगरी कारबाहीमा परे।
चितवनको आँपटारी घुम्तीमा ४० किलोमिटर प्रतिघन्टा स्पिड हुनुपर्नेमा ५३ सम्मलाई छुट दिएर प्रहरीले गतिमापन गरेको थियो। तर, कतिपय गाडी ८०–९० किलोमिटर प्रतिघन्टाको स्पिडमा कुदेको उनीहरुले भेट्टाए।
दुर्घटनाको मुख्य कारणमध्ये तीव्रगति पनि हो। तीव्र गतिमा गाडी चलाउँदा पृथ्वी राजमार्गमा दिनहुँजसो दुर्घटना हुने गरेको छ। सयौंले ज्यान गुमाइसकेका छन्। बा७च ७०९२ नम्बरको कारमा साथी लिएर लुम्बिनी जाँदै गर्दा ललितपुरका अशोक महर्जन ट्राफिक प्रहरीको फन्दामा परे। चितवनको रामनगरनजिकै पानी ट्यांकी घुम्तीमा ४० किलोमिटर प्रतिघन्टाको गतिमा चलाउनुपर्ने कार उनले ६५ को स्पिडमा हाँकेका थिए। प्रहरीले बाटोमा तेर्स्याएको गतिमापक यन्त्र (स्पिड मिटर) ‘र्यावडार गन' तिर उनको त्यति ध्यान गएन, एक किलोमिटर पर आँपटारी पुगेपछि ट्राफिकले गाडी रोक्यो र कारबाही थालिहाल्यो। ‘एक वर्ष भयो यता नआएको, थाहै भएन,’ उनले भने।
पश्चिम जान लागेका लु१ज २२६७ नम्बरको माइक्रोका चालक कमलेश शाक्य पनि त्यही फन्दामा परे। उनले पनि गतिको ख्यालै गरेनन्। ट्राफिकले दुई सय जरिवाना तिराएपछि बल्ल उनी झल्याँस्स भए।
त्यसअघि पनि काठमाडौंबाट भैरहवा जाँदै गरेको लु१ख ७९३८ नम्बरको बसका चालकले गति नियन्त्रणमा ध्यान दिएनन्। उक्त गाडीको गति ५५ किलोमिटर प्रतिघन्टा पुगेको थियो। ट्राफिकको कारबाहीमा परिहाल्यो। त्यसैगरी ना५ख १६२१ नम्बरको नारायणगढको बस र बा१०च ८९३४ नम्बरको कार पनि तीव्र गतिमा गुडाएकै कारण कारबाहीमा परे। पहिलोपटक गल्ती गर्नेलाई दुई सय र गल्ती दोहोर्यारउनेलाई एक हजारसम्म जरिवाना लिने गरिएको ट्राफिकले जनाएको छ।
चितवन प्रहरीले राजमार्ग क्षेत्रमा शुक्रबारदेखि अत्याधुनिक प्रविधिसहितको गति रेकर्डर प्रयोगमा ल्याएको छ। जिल्लामा एउटामात्रै ल्याइएको रेकर्डर विगतको भन्दा आधुनिक छ। गाडी आउनेबित्तिकै त्यसले स्पिड रेकर्ड गर्छ। रेकर्डरमा फोटो खिच्ने र प्रिन्ट गर्ने सुविधासमेत भएकाले प्रभावकारी रहेको ट्राफिक कार्यालय चितवनका प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।
रेकर्डको स्पिड नाप्न शुक्रबार उनीसँगै प्रहरी हवल्दार धनबहादुर भण्डारी र जवान वीरबहादुर नाथ खटिएका थिए। उनीहरुले वाकिटाकीमार्फत रामनगर पानीट्यांकीबाट बढी स्पिडमा गएको गाडीको नम्बर टिपाएपछि आँपटारीका प्रहरीले रोकेर जरिवाना तिराएका थिए।
प्रहरी जाँच चल्दा केही घन्टा आँपटारीमा गाडीको लर्को नै लाग्यो। ‘दुर्घटना हुने क्षेत्रमा केन्द्रित रहेर मापन गर्न सुरु गरेका हौं,' घिमिरेले भने, ‘यहाँ पहिलो प्रयोग गरिएको हो। अब मुग्लिनदेखि लोथरसम्मका बढी दुर्घटना हुने क्षेत्रमा गतिमापन गर्छौं।'
यसले सवारी दुर्घटना कम गराउने विश्वास प्रहरीको छ। चितवनको मुख्य राजमार्ग करिब एक सय किलोमिटर छ। यहाँ दैनिक करिब १० हजार सवारी आवत–जावत गर्छन्। ट्राफिकको यो अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने यात्रु बताउँछन्।
‘प्रतिघन्टा ४० किलोमिटरबाट गति बढाउन नपाइने भनेर बोर्ड नै राखिएको छ तर कसैले मानैनन्, त्यसैले गति नापेरै कारबाही गर्न थालिएको प्रहरी नायव निरीक्षक घिमिरेले बताए। नयाँखालको अत्याधुनिक मेसिन आएकाले थप प्रभावकारी हुने उनले बताए। -