आतंकवादको सेल्टर बन्दै नेपालको सीमा क्षेत्र

काठमाडौं,कात्तिक २१ – भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको ‘सेल्टर’ बनेको बंगालको गुप्तचर निकायले दावी गरेको छ ।
विभागले बंगाल सरकारलाई वुझाएको प्रतिवेदनमा नेपाली क्षेत्र आतंकवदीको गढ वनेको उल्लेख गरिएको छ ।‘खुला सीमाको फाइदा आतंककारीहरु उठाइरहेका छन्,’गुप्तचर विभागको प्रतिवेदनमा भनिएको छ,‘उनीहरु बंगालको पानीटंकी र बिहारको गलगलियावाट प्रवेश गर्ने योजनामा छन् ।’
वंगलादेशीसहित पाकिस्तानी आतंककारीहरुले नेपाललाई ‘ट्रान्जिट’ बनाएर गतिविधि वढाएको गुप्तचरले दाबी गरेको छ । उसले बंगालमा प्रतिवन्धित आतंककारी संगठन कामतापुरी लिवरेसन अर्गनाइजेसन (केएलओ) संगको सम्पर्कमा विदेशी आतंककारी संगठनले गतिविधि वढाएको गुप्तचरलाई उद्धृत गर्दै सिलिगुडीवाट प्रकाशित हिमालय दर्पण दैनिकले उल्लेख गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको सुरक्षा स्रोतको भनाई छ । आतंककारी घुसपैठ आशंकामा केन्द्रिय गुप्तचर निकायले केही दिनयता पश्चिम बंगालसँग सीमा जोडिने अन्तर्राष्ट्रिय नाकामा विशेष जाँच सुरु गरेको छ ,आजको कान्तिपुर दैनिकमा खबर छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page