अमेरिकापछि चीनलाई रिझाउने प्रयासमा मोदी

M_Id_429527_Narendra_Modi
नयाँ दिल्ली, माघ १९ – गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति बराक ओबामालाई भारतमा निमन्त्रमणा दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे महिनामा चीनको भ्रमण गर्ने जानकारी विदेशमन्त्री सुष्मा स्वराजले बेइजिङको आफ्नो तीन दिने भ्रमणका अवसरमा आइतबार दिएकी छिन् ।   विदेशमन्त्री स्वराजले बेइजिङमा भारतीय पत्रकारहरूलाई प्रधानमन्त्री मोदी मे महिनामा चीन आउनुहुने र आफूले आजै त्यसका लागि मिति दिने बताएइन्। उनले आफ्नो भ्रमण त्यसको तयारी भ्रमण भएको बताइन् । उक्त जानकारी प्रेस ट्रस्ट अफ इन्डियाले दिएको हो । स्वराजले आफ्ना चिनियाँ तथा रसियाली समकक्षीसँग यस भ्रमणमा त्रिपक्षीय वार्ता गरेकी छिन्छ । गत वर्ष पदभार वहन गरेपछि मोदीको चीन भ्रमण पहिलो औपचारिक भ्रमण हो ।   अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत साता भारतको उच्चस्तरीय भ्रमण गरेका थिए । उनको भ्रमण दुई मुलुकबीच सम्बन्ध बलियो बनाउनु रहेको थियो । ओमेरिका यस क्षेत्रमा चीनको क्षेत्रीय प्रभाव कम होस् भन्ने चाहन्छ ।   उक्त तीन दिने भ्रमणका समयमा कुनै पनि पक्षका नेताले चीनको नाम नलिए पनि अमेरिकी राष्ट्रपति ओबामाले भारतको एसिया तथा प्रशान्त क्षेत्रमा बढ्दो भूमिकालाई स्वागत गरे । उनले यस क्षेत्रको जलक्षेत्रमा निर्बाध आवातजावत कायम हुनुपर्ने बताएका थिए ।   दक्षिणी चीन जल क्षेत्रको प्रायः भागमा बेइजिङले आफ्नो सार्वभौमसत्ता भएको दाबी गरेको छ ।   प्रधानमन्त्री मोदीले चीनका विषयमा अघिल्लो सरकारले भन्दा निश्चयात्मक नीति लिएका छन् ।   विशेषज्ञहरूले प्रधानमन्त्री मोदीलाई भारतको अर्थतन्त्र विकास गर्न चीनको लगानी आवश्यक भएकाले उनले चीनलाई नपन्छाउने बताएका छन् ।   पीटीआईले चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री मोदीलाई आफ्नो गृहप्रान्त सानसी लगी आतिथ्य प्रदान गर्नुहुने अनुमान गरिएको जानकारी दिएको छ । राष्ट्रपति सीले गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदीबाट यस्तै प्रकारको आतिथ्य प्राप्त गरेका थिए । एएफपी - See more at: 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page