विश्वका सबैभन्दा सस्तो देशहरु मध्ये नेपाल दोस्रो स्थानमा परेको छ | विश्वका सबैभन्दा सस्ता पचास राष्ट्रहरुको सुची संकलन गर्दै ‘अ न्यु ग्लोबल कस्ट अफ लिविङ्ग इन्डेक्स रिपोर्ट’ नामक सर्वे गरेको एक वेबसाइट ‘नुम्बेओ’ले सार्वजनिक गरेको सो सुचीमा नेपाल दोस्रो स्थानमा परेको हो |
नेपाल बाहेक सूचीको पहिलो स्थानमा भारत परेको छ भने तेस्रोमा पाकिस्तान र चौथोमा तुनिसियाका साथै पाँचौ देखि दशौ स्थानमा क्रमश: अल्जेरिया, मोल्दोवा, इजिप्ट, मासेडोनिया, सिरिया र कोलोम्बिया परेका छन् |
त्यस्तै एशियाली राष्ट्र बंगलादेश एघारौ र इन्डोनेसिया बार्हौ स्थानमा परेका छन् भने सुचीमा फिल्पिन्स, श्रीलंका, चीन, विएत्नाम, इरान, मलेशिया, थाईल्याण्ड, सिरिया, इराक लगायत अन्य एशियाली राष्ट्रहरु पनि परेका छन् |