रत्ननगरबाट ५० क्युफिट अबैध काठ बरामद

बिकास पौडेल,
चितवन, माघ २५,
पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले अबैध काठ बरामद गरेको छ ।
रत्ननगर–११ मा रहेको निमा फर्निचर उद्योगबाट प्रहरीले अबैध काठ नियन्त्रणमा लिएको छ । उद्योगका संचालक शान्ताविर पाख्रीन सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । उक्त उद्योगबाट  प्रहरीले करिव २६.९४ क्युफिट अबैध सालको काठ बरामद गरेको छ । सोही स्थानमै परालको टौवा पछाडी लुकाएर राखेको २२.७६ क्युफिट सालको काठ समेत प्रहरीले बरामद गरेको छ । 
बेवारिसे अवस्था राखिएको उक्त काठ अबैध रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको काठ थप अनुसन्धान र कारबाहीका लागि जिल्ला बन कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा काठ तस्करी हुने गरेको सूचनाका आधारमा सादा पोशाकमा प्रहरी परिचालन गरि काठ पक्राउ गर्न सफल भएको कार्कीले बताउनुभयो ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page