भूकम्पका कारण चितवनमा मर्नेको संख्या सात पुग्यो / सयौंघर नष्ट
भरतपुर १४, बैशाख ।
भूकम्पका कारण चितवनमा मर्नेहरुको संख्या ७ पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको प्रारम्भिक विवरण अनुसार चितवनका विभिन्न क्षेत्रमा गरी ७ जनाको मृत्युभएको पृष्टी गरेको छ । यस्तै घाइतेको संख्या २० पुगेको जनाएको छ । प्राप्त क्षतिको प्रारम्भिक विवरण अनुसार ५० घरघुरी पूर्ण रुपमा नष्ट भएको छ । चितवनमा ९ सय घरधुरी आंशीक रुपमा नष्ट भएको समितिले जानकारी दिएको छ । जिल्लामा भएको अन्य क्षतिको विषयमा स्थानीय निकाय, सुरक्षा निकाय तथा विषयगत कार्यालयहरुबाट विवरण संकलन गर्ने कार्य भइरहेको सूचना अधिकारी वलराम लुइटेलले जानकारी दिए । समितिले हिजो भरतपुरमा आकस्मीक बैठक बसेर चितवनमा भूकम्पले पारेको क्ष्ँतिको विवरण संकलन गर्न ६ वटा टोली परिचालन गरेको थियो । देशमा आएको महाभूकम्पले ल्याएको विपद् घडीमा सम्पूर्ण जिल्ला बासीहरुलाई धैर्य धारण गर्नेशक्ति प्राप्त होस समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस विपद् घडीमा संवेदनशिल भएर आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न विपद् उद्दार कार्यक्रमलाई सहयोग गर्न समेत विज्ञप्ति मार्फत भनिएको छ ।