चितवनको पहाडी क्षेत्र उपरदाङगढीमा भुकम्पले १५ घर ढाल्यो

Update News  ! चितवनको पहाडी क्षेत्र उपरदाङगढीमा भुकम्पले १५ घर ढाल्यो ÷ कम्तीमा एकसय स्थानीय अलपत्र, खानेकुरा सबै पुरिएका छन् । खानेकुरा ल्याइदिनुस भन्दै विलौना गर्दैछन्

Update News ! चितवनको पहाडी क्षेत्र उपरदाङगढीमा भुकम्पले १५ घर ढाल्यो ÷ कम्तीमा एकसय स्थानीय अलपत्र, खानेकुरा सबै पुरिएका छन् । खानेकुरा ल्याइदिनुस भन्दै विलौना गर्दैछन्

भरतपुर  बैशाख ।
हिजो आएको महाभुकम्पले चितवनको उपरदाङ गढी क्षेत्रको १५ घरमा क्षती पु¥याएको छ । सबैघरहरु भत्कीएर ढलेका छन् । स्थानीयहरु घरवार विहीन भएर विलौना गरेर बसिरहेका छन् । घर संगै लताकपडा, खाध्याननका बस्तुहरु सबै पुरिएरका छन् । पाखामा सुतेर रात विताएको स्थानीय ९० वर्षीय बलवहादुर गुरुङले टेलिफोनमा भने हामीलाई खाने चामल ल्याइदिनुस । उनका अनुसार सो क्षेत्रको १५ घर पुरै ढलेर पुरिएको छ । घरको झ्याल ढोका सबै खसेका छन् । चेपाङ समुदायको बसोवास भएको सो क्षेत्रका कम्तीमा एकसय भन्दाबढी सदस्यहरु अलपत्र परेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय उपरदाङगढीका शिक्षक ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार भूकम्पले विद्यालयमा समेत क्षति पुगेको छ । विद्यालयका शौचालयहरु समेत सबै भत्कीएको छ । चितवनको पुरानो सदरमुकामको रुपमा परिचित उपरदाङगढी देखि करिब ५ सय मिटरको दुरीमा सो क्षेत्र पर्दछ । पहाडी क्षेत्र भएकोले सो क्षेत्रमा भएको क्षतीको विवरण आउन ढिलाई भएको हो । घटनाको विषयमा जानकारी लिन प्रहरी प्रशासन समेत पुगेका छैनन् ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page