फेसबुक लाइभ च्याटमा मोदी, नेपालबाट प्रश्नको ओइरो

१० असोज, काठमाडौं । एक वर्षअअघि नेपाल आउँदा चिल्लो भाषण गरेर नेपालीहरु माझ लोकप्रियता कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपालीहरु माझ आलोचनाको पात्र बनिरहेका छन् ।
narendra-modiनेपालमा नाकाबन्दी लगाएर अमेरिकामा प्रजातन्त्रको दुहाइ दिइरहेका मोदीको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
नेपालमाथि लगाएको नाकाबन्दीलाई लिएर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा मोदीमाथि अनेकन टिप्पणीहरु भइरहे पनि उनले अहिलेसम्म मुख खोलेका छैनन् ।
यसैबीच, आइतबार बेलुकी उनी फेसबुकमा लाइभ च्याटका लागि उपस्थित हुने भएका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अमेरिकास्थित फेसबुकको प्रधान कार्यालयमा पुगेर मोदीले प्रत्यक्ष संवाद गर्ने छन् । 
जुकरबर्गले नेपाली समयअनुसार राति सवा १० बजे मोदीसित प्रत्यक्ष सम्वाद गर्ने जानकारी फेसबुकबाट दिएका थिए । उनले आफ्नो कमेन्ट बक्समा मोदीका लागि प्रश्नहरु सोध्न आग्रह गरेपछि नेपालीहरुले प्रश्नको वषर्ा गरिरहेका छन् ।
कमेन्ट बक्समा आएका करिब ४० हजार प्रश्नहरुमा अधिकांश नेपालीकै छन् । उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय कानूनविपरीत लगाएको नाकाबन्दीबारे मोदीसँग जवाफ मागेका छन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page