छैटौंपटकको अनसन तोड्दा भएको सहमति विपरित सरकारले शिक्षा मन्त्रीको नेतृत्वमा शिक्षा सेवा आयोग गठन गरेको विरोधमा केसीले सातौंपटक आमरण अनसन सुरु गरेका हुन् ।
पुनर्विचार नहुने संकेत
तर, उनको यो माग पूरा गर्न सरकार सकारात्मक देखिको छैन । छैठौंपटकको अनसन तोडाएका सरकारका मुख्य सचिव सोमलाल सुवेदीले आयोग गठन सम्बन्धी निर्णयमा पुनर्बिचार हुन नसक्ने संकेत गरे ।
तर, उनको यो माग पूरा गर्न सरकार सकारात्मक देखिको छैन । छैठौंपटकको अनसन तोडाएका सरकारका मुख्य सचिव सोमलाल सुवेदीले आयोग गठन सम्बन्धी निर्णयमा पुनर्बिचार हुन नसक्ने संकेत गरे ।
‘केसीका माग शिक्षा क्षेत्रसँग सम्वन्धित छन् । त्यो हेर्ने नै शिक्षा मन्त्रालयले हो,’ डा. केसीसँग विगतमा पटक-पटक वार्ता गरिसकेका मुख्य सचिव सुवेदीले भने, ‘जे काम गर्ने जिम्मेवार निकाय हो त्यसैले त्यही काम गर्ने त हो नी ।’
अधिकांश माग पूरा भैसकेका र केही कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै आजको भोलि नै माग पूरा हुनुपर्ने हठ त्याग्न सरकारले डा. केसीलाई आग्रह गरेको छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारी भन्छन्, ‘एक रातमा एक सेकेण्डमा भन्दाबित्तिकै त काम हुँदैन । अधिकांश पूरा भैसकेका छन् । बाँकी माग कार्यान्वयनको चरणमा छ । उहाँले (केसीले) राखेका जायज मागहरु सेन्टपर्सेन्ट सरकारले पूरा गरिसक्यो ।’
डा. केदारभक्त माथेमा नेतृत्वको आयोगले दिएको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने, थप मेडिकल कलेज नखोल्ने जस्ता केसीका माग अधिकांश माग पूरा भैसकेको मन्त्री अधिकारीले बताए ।
तर, प्रधानमन्त्रीको नेतृत्वमा चिकित्सा शिक्षा आयोग बनाउने र त्यसमा रहने उपाध्यक्षलाई कार्यकारी अधिकार दिने सहमति विपरित सरकारले शिक्षा मन्त्रीको नेतृत्वमा आयोग गठन गरेको भन्दै डा. केसी र उनका सहयोगीहरु रुष्ट छन् ।
‘शिक्षा मन्त्री पनि राजनीतिक दल विशेषको व्यक्ति हुने भएकाले शिक्षा मन्त्री नेतृत्वको आयोगले निष्पक्ष रुपमा काम गर्न सक्दैन,’ डा. केसीका सहयोगी डा. जीबन क्षेत्रीले भने, ‘सरकारले सहमति विपरित काम गरेकाले अनसन बस्न उहाँ बाध्य हुनु भएको हो ।’
डा. क्षेत्रीका अनुसार केसीको स्वास्थ्य नाजूक बन्दै गएको छ । कुनै व्यक्ति विशेषको फाइदाको लागि नभइ समग्र चिकित्सा क्षेत्र सुधारका लागि केसी अनसन बसेकाले मागहरु पूरा गरी जीबन रक्षा गर्नुपर्ने केसीका सहयोगीहरुको भनाइ छ ।
तर, संविधान निर्माणको महत्वपूर्ण र संवेदनशील समयमा अनसन बसेको भन्दै केसीको आलोचना हुने गरेको छ । भर्खरै संविधान निर्माण प्रक्रिया पूरा भएको र व्यवस्थापिका संसदले काम पनि सुरु नगरेको अवस्थामा केसीले मेरो गोरुको बाह्रैटक्का जस्तो गर्न नहुने अस्पतालका कर्मचारीहरु बताउँछन् ।