काठमाडौँ ,जेठ २४ –
![](https://i2.wp.com/narayanionline.com/np/wp-content/uploads/2017/06/18893199_10212841705260332_15236784003752134_n.jpg?w=960)
”नयाँ सरकारले एमालेलाई पन्छ्याएर सर्वस्विकार्यताको नाममा संविधान संशोधनको प्रयास र स्थानीय तहको सङ्ख्या पुनरावलोन गरिए मान्य हुँदैन ।” नेता नेपालले भन्नुभयो, ”देभशक्तिको भावनालाई केन्द्रमा राखेर सुशासन, विकास र समृद्धिका काममा सबैलाई समेटेर जान प्रधानमन्त्रीलाई मौका छ, त्यो उहाँले कसरी गर्नुहुन्छ, हामी शंकाको सुविधा दिन चाहान्छौ ।”
प्रधानमन्त्री देउवाले सत्ता टिकाउन अनुचित दबाब र प्रभावमा नपरी विगतमा आफूमाथि लागेको दागलाई समेत मेटाउन सक्ने गरी कामम गर्नुपर्ने आग्रह पनि नेता नेपालको थियो । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारका प्रति आफ्नो पार्टीको पूर्ण समर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ ।
उहाँले सरकारको काम र नीतिका आधारमा एमालेले समर्थन र विरोधको नीति लिने तर आफ्नो पार्टीले सरकारमा जान कुनै भाग नखोज्ने बताउँदै असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा हुनुपर्छ भन्नुभयो ।
दोस्रो चरणमा निर्वाचनमा तराई मधेसमा पनि एमाले पहिलो शक्ति हुने दाबी गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी हुर्केकै तराई हो । हाम्रो पार्टीका अधिकांश महाधिवेशन पनि तराई मधेसमा भएका छन् । त्यसैले त्यहाँ हाम्रो प्रभाव राम्रो रहनेछ ।”
कार्यक्रममा एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतको उपस्थिति थियो । उपस्थित सवैलाई चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले स्वागत गर्नुभएको थियो ।