यी हुन् देउवा सरकारका अर्थमन्त्री कार्कीः छवि स्वच्छ, संसदीय चुनाव जित्न असफल

काठमाडौं,जेठ २४-
शेर बहादुर देउवा नेतृत्वको सरकारमा अर्थ मन्त्रालय ज्ञानेन्द्र कार्कीले सम्हालेका छन् । महेश आचार्यलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने चर्चा चले पनि अन्तिम समयमा कार्कीले उक्त मन्त्रालय सम्हालेका  हुन् ।
कार्की यसअघि जलश्रोत मन्त्री भएका थिए । जलस्रोत मन्त्री हुँदा उनले लामो समयदेखि अड्किएको ९०० मेगावाटको अरुण तेस्रो र माथिल्लो कर्णालीको निर्माण जिम्मा दिएका थिए। हालसम्म कुनै पनि विवादास्पद गतिविधिमा नमुछिएका कार्की इमानदार छविका नेताका रुपमा चिनीन्छन् । उनी देउवा समुहमा रहेर राजनीति गर्दै आएका थिए ।
भोजपुर निवासी कार्की २०५१ र २०५६ को संसदीय निर्बाचनमा पराजित भएका थिए । त्यस्तै पहिलो संविधानसभा निर्वाचनमा पनि उनले चुनाव जित्न सकेनन । अहिले भने उनी समानुपातिकबाट सांसद चुनिएका हुन्।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page