नेपालीहरुले धेरै चोटि ठुला ठुला आन्दोलन गरेर थुप्रैपटक व्यवस्था परिवर्तन गरिसके तरपनि जनताहरुको जीवन परिवर्तन हुनसकेको छैन, यसको कारण के होला? हिजो त्यो भिडलाई निर्देशन गर्नेहरुको अनुहार,मुद्दा,झन्डा फेरिदै आउँदा उनिहरुको जिवनस्तरले आकाश छोईसक्यो तर नारा लगाँउदै चिच्याउनेहरुको जीवन जहाँको त्यहीँ छ। हो त्यो कारण हामी आफै हुनसक्छौ किनभने हामिहरु उनिहरुको नियन्त्रणमा छौ, कसरी भने प्रचार हेरेर सामान किन्ने बानि हाम्रो छ। टिभि रेडियो पत्रपत्रिका र ईन्टरनेटमा हिरो हिरोईनले फुलबुट्टा भरेर झुटा आश्वासन देखाई सिफारिस गरेका प्रायोजित वस्तुहरु हामीलाई उत्कृष्ट लाग्ने गर्दछन भने , नेताहरुले आफ्नो हित र स्वार्थको लागि तयार गरेर उठाईएका मुद्दा किन हामिहरुलाई राम्रो नलागोस् त? मानिसहरुको स्वभाव नै कस्तो हुन्छ भने डरलाग्दो त्रास र भ्रमहरु छिटो भन्दा छिटो पत्ताउने खालको हुन्छ। एउटा बच्चालाई भविष्यमा अरुको सेवा गर्नको लागी,नँया किर्तिमान राखि नाम कमाउनको लागी,देशको विकास गर्न मद्दत गर्नकोलागी,अरुहरुको मार्गनिर्देशन गर्नकोलागी,शुद्ध चरित्र अपनाउनको लागी,सफल बन्नको लागि राम्रो संग पढ्नु पर्छ भनेर भन्नु भन्दा राम्रो संग पढेन भने राम्रो जागिर पाईदैन, भविष्यमा दुख पाईन्छ, पैसा कमाउन नसकी गरिब भईन्छ,अर्काको भाँडा माझ्नु पर्छ, शारीरिक पिडाहुने काम मात्र गर्नुपर्छ भनेर तर्साई तर्साई मानसिक विकास गरिने गरिन्छ अनि यस्तो मानसिकता बाट हुर्केका विद्वान नेपाली जनता,विश्लेषक,अभीयान्ता,मेडियाकर्मी,कर्मचारी,शिक्षक,अभिभावक ,व्यापारी,शासकहरुबाट के को सकारात्मक सदबुद्धी प्रवाह हुन्छ त?
बाबुनानी भात खाऊ है खाएनौ भने जोगिले लान्छ भनेर तर्साएको बालक मनस्थिति सजिलै परिवर्तन होला जस्तो लाग्दैन। हो त्यस्तै नेताहरुले आफ्ना फाईदा हेरी गरिएका अनुकुलका व्याख्या र हल्ला पनि त्यस्तै जनता तर्साउने रणनीति हो। नेताहरु नेपालीहरुको एक एक बानिसंग चिरपरिचित छन त्यसैले त हामिलाई बालक सम्झि MCC आयो भने त देश सकिन्छ,चाईना सँग टकरार हुन्छ,राष्ट्रघाती सम्झौता हो,हामी देश छोडि भाग्नुपर्छ भनेर तर्साउँदै छन। राजा बलियो भयो भने जनताले दुख पाउँछन,नेपाली सेना हतियारले भरिभराउ भयो भने जनता असुरक्षित हुन्छन,कांग्रेसले शासन गरिराख्यो भने जनताले सुख पाउदैनन् ,हस्पिटल स्कुल कलेज यातायात उध्योग मालपोत पुलिसचौकी न्यायलय हरु खुल्दै गयो भने जनताहरुले न्याय पाँउदैनन् ,मन्दिर पुजारी भागवत पुराण र हिन्दु धर्म मासिएन भने जनताहरु पुजिदैनन्, बैंक र व्यापारको वृद्धि भयोभने जनताहरु धनी हुदैनन् ,गणतन्त्र ल्याएन भने राजाको सम्पत्ति जनताहरुलाई बाडिदैन,सशस्त्र युद्ध गरेन भने देशको कायापलट हुदैन जस्ता अनेकौ फन्डा फ्याँकी धेरै चोटि जनताहरु झुक्किसकेकोले अब त चेत खानुपर्ने हो हामी नेपालीहरुले विदेशि नेताहरुको फोटोलाई आदर्श मानि उनिहरुको सिद्धान्तको व्याख्यान गरि MCC राष्ट्रघाति हो यसलाई रोकिएन भने हामी नेपाली हौ भन्न पाईदैन भन्नू भनेको नेपालमा बस्ने तर विदेशी नागरिता अपनाई म नेपाली हुँ भन्नु एउटै हो।
नेपाल एक भुपरिक्षित देश हो। नेपालको भुमी तीन प्रकारका छन हिमाल पहाड र तराई। यातायात पनि धेरै प्रकारका हुन्छन जस्तै सडक,हवाई र पानी आदि ईत्यादी। हिमाल र पहाडि भेगमा हवाई यातायात असहज र महंगो पर्न आँऊछ र त्यँहा यातायातको लागि सडक बनाउन धेरै कठिन अवस्था रहेको छ र पानिमा चल्ने यातायातको लागि हामी संग प्रयाप्त स्रोतसाधन छैन जसकारण हिमाल र पहाडमा बिकासको क्रम घट्दो दरमा छ र त्यसै कारण पनि अहिले हिमाल र पहाड भन्दा तराईमा बसोबास बढ्दो क्रममा रहेको छ। सडक यातायात हामी नेपालीहरुको लागि एकमात्र बाध्यता हो र यो सडक यातायात सञ्चालन गर्न हामीले वर्षेनि साईकल,मोटरसाइकल,कार,जिप,बस,ट्रक,जेसिभि आदि छिमेकी देशबाट आयत गर्नुपर्ने हुन्छ र साथसाथै त्यस साधनलाई चलाउने डिजेल पेट्रोल पनि आयत गर्नुपर्ने हुन्छ। त्यतिमात्र भईदिए त हुनेथियो सबैभन्दा पहिला त्यस साधनहरु गुडाउने सडक बनाउनु आवस्यक हुन्छ जसलाई वर्षैपिच्छे मर्मत गर्नको लागि ठुलो रकम विनियोजन गर्नुपर्छ जसमा व्यापारी,ठेकदार,कर्मचारी र राजनितीकर्मीहरुले नाफा खाई कमसल सामानको प्रयोग गरि उनिहरुको दोकान निरन्तर खोलीरहन्छन। र नेताहरुले त्यहि कामलाई बिकासको नाम दिई भोट माग्ने गर्छन।
२५० % आयात कर , वर्षेनि राजस्व कर, दुईगुणा तेलको मूल्य र बाटो बनाँउदा ४० % बढाएको लागत खर्च हामी जनताहरु संग असुल गर्दापनि नपुगेर विदेशि देशहरु संग हात थाप्ने नेपालको अर्थतन्त्र हेर्दा मूल्य भन्दा चौगुना पैसा तिर्नसक्ने नेपालीहरु साच्चिकै कुबेर नै भएको महसुस हुन्छ मलाई। देश बिकास नहुनु पनि यो मुख्य कारण हो किनभने नेपालको यो सबैपैसा विदेशिन्छ। र यसलाई रोक्न सक्ने एकमात्र उपाय भनेको नेपालको पानी हिमाली क्षेत्र हुँदै पहाड र तराई सम्म आँउदा हजार ठाँउमा बिजुली उत्पादन गर्ने र धेरै भन्दा धेरै खपत गर्ने र बाँकी अरु देशलाई बेच्ने। त्यो पानिको प्रयोग बाट बिजुलीबाट चल्ने पानिमा चलाउनेमिल्ने यातायातको प्रयोग र सडक यातायातमा बिजुलीबाट चल्ने साधनको प्रयोग गर्नु पर्छ। हिमाल पहाड तिर केबुलकारको प्रयोग बढाउने हो भने वर्षेनि गाडि र तेल आयात गर्नु नपर्ने र सडकमा पनि खर्च गरिराख्न नपर्ने हुन्छ। तराई भुभागमा कुनै जमानामा काठमाडौंमा बिजुलीको तारबाट चल्ने बस जस्तै गरि लामो रुटमा पनि बस,ट्रक,कार को उपयोग गर्नुपर्छ। र नेपालको सबैभागमा पुग्न सक्ने विधुतिय रेल सञ्चालन गर्नुपर्छ।
साच्चिकै यसो हेर्दा खेरी यो सबै पुरा हुनसक्यो भने नेपालको ठुलो मात्राको रकम वर्षेनि छिमेकी देशमा जाने थिएन जसबाट देशको बिकास गर्न हामी आफै सक्षम हुनथियौ र विदेशिहरु संग हातथाप्न पर्दैन्थियो होला। यो सबैको लागि काहीँ न काहीँ बाट सुरुवात त गर्नै पर्यो हो त्यो सुरुवात भनेकोनै MCC हो।
र हाम्रो पार्टी नेपाली कांग्रेसको पनि एउटा कुरा ठिक लाग्दैन मलाई त्यो के हो भने राम्रो र नराम्रो दुबै कामको आफैले credit लिन माहिर छ, कांग्रेस ,एमाले,माओवादी र अरु सबै मिली संविधान लेख्यो अनि लास्टमा आफ्नै पालोमा लागु गरेर नेपाली कांग्रेसले संविधान ल्याएको भनेर ईतिहासमा दर्ज गरायो। त्यहि भएको हो यसपाली MCC मा पनि, बाबुराम भट्टराईले ल्याउन भुमिका खेलेको,कांग्रेस र (कुलमान घिसिङ)प्रचण्ड भएर सहि गरेको, केपी ओलीले जनतालाई रेल पानिजहाजको सपना बाडेको र सबैजनाले यसलाई संविधान जस्तै आफ्नो पालिमा लागु गरेको भनेर ईतिहासमा नाम लेख्ने होडबाजीले राजनितिकरण भएको छ। त्यसैले कांग्रेसले यो लागु गरेवापत आफु एक्लैले मात्र credit नलिने पुर्व घोषणा गर्नसक्नु पर्छ अनि बल्ल सबै दल हाँसिखुशि हातेमालो गर्ने थिए तर त्यसमा कुनै कुनै दलले समर्थन नगर्न पनि सक्छन जस्तै छिमेकी देशबाट सञ्चालित नेताहरु, किनभने यो MCC आँउदा सबैभन्दा व्यापार घाटा छिमेकी देशलाई हुन्छ। त्यो कुरा जनताहरुले ढिलो चाडो बुझ्दै जानेछन र तिनिहरुलाई चिन्ने मौका पाँउनेछन।
जय नेपाल 🙏🇳🇵🌳
रचन कार्की