एसपी रमेश खरेललाई २५ हजार रुपियाँ घुस दिने दुई जना दोषी ठहर


काठमाडौं, मंसिर १४ (नागरिक) - रमेश खरेल महानगरीय प्रहरी परिसर प्रमुख हुँदा २५ हजार रुपियाँ घुस दिन गएका सुनिलकुमार श्रेष्ठ र कृष्णप्रसाद जतीलाई विशेष अदालतले दोषी ठहर गरको छ। दुबैलाई सात दिन जेल र २५ हजार रुपियाँ थप जरिवानाको समेत ठहर गरिएको छ। 


प्रहरीमा आफ्ना मानिसलाई भर्ना गराउन सिफारिसका लागि घुस दिन गएका दुबैमाथि घुसको रकमसहित कारबाही भएको थियो। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले यस्तो निर्णय सुनाएको हो।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार यस्तो सजाँय तोकिएको हो। उनीहरुले २०६७ असोज १३ गते खरेललाई घुस ख्वाउन खोजेका थिए। 
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page