| । कुनै समय तत्कालीन प्रधानमन्त्री एवम् काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई चरम नातावादी रहेको ठानिन्थ्यो, तर मौका पाउँदा आफ्नालाई च्याप्न कोही पनि पछि पर्दारहेनछन् भन्ने दृष्टान्त ‘स्वच्छ छवि’ का प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको छ । क्षमताका आधारमा मात्र सरकारी संस्थान, निकाय, विभिन्न समितिमा नियुक्ति दिने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका प्रधानमन्त्री बाबुराम पनि राजनीतिक नियुक्तिहरूमा आफन्तलाई प्राथमिकतासाथ भर्ती गरेर अर्को नयाँ रेकर्ड कायम गर्ने अभियानमा लाग्नुभएको देखिएको छ । | |
| त्यसो त बाबुरामले सरकारी खर्चमा भोज खुवाउने, धेरैभन्दा धेरैलाई मन्त्रिमण्डलको सदस्यमा सहभागी गराउने जस्ता कार्यमा नयाँ रेकर्ड कायम गरिसक्नुभएको छ । त्यस्तै नयाँ रेकर्ड राख्ने अभियानअन्तर्गत आफन्तलाई विभिन्न निकायमा भर्ती गर्ने अभियानलाई पनि तीव्रताका साथ अघि बढाउनुभएको छ । आफूलाई नातावादबाट सधैं टाढा राख्ने उद्घोष गर्नुभएका प्रधानमन्त्री बाबुरामले प्रधानमन्त्री भएको केही दिनपछि ससुरालीतिरबाट नाता पर्ने मुक्ति प्रधानलाई महान्यायाधिवक्ता बनाउनुभयो ।

माओवादीकै शब्दमा युद्धकालका भगौडा प्रधानलाई महान्यायाधिवक्ता बनाउन हुँदैन भन्दै उनको पार्टीभित्र चर्को विरोध भएको थियो । तर, बाबुरामले प्रधानलाई महान्यायाधिवक्ता बनाइछाड्नुभयो । उहाँले आफूनिकट नेताहरूसँग भने प्रधानलाई महान्यायाधिवक्ता बनाउन आफ्नोभन्दा पनि अरूकै हात रहेको र त्यसलाई सोहीअनुसार बुझ्न आग्रह गर्नुभएको थियो ।

आफन्तलाई राजनीतिक नियुक्तिका नाममा सरकारी तथा गैरसरकारी निकायमा भर्ती गर्ने कार्यको सुरुवात गर्नुभएका प्रधानमन्त्री बाबुरामले आफ्नी बुहारी दुर्गा न्यौपानेलाई गरिबी निवारण कोषमा नियुक्त गरेर अर्को नमुना प्रस्तुत गर्दै नातावादको मोहलाई स्पष्ट रूपमै प्रस्ट्याउनुभयो । बाबुरामले त्यति मात्रै गर्नुभएन आफ्ना जेठीसासूहरूलाई पनि क्रमशः राजनीतिक नियुक्ति गराउनुभएको छ। पत्नी यमीकै दबाबमा बाबुरामले जेठीसासू रोमादेवीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्नुभयो । त्यसैगरी तिमिला यमीलाई खानेपानी आयोजना समितिको अध्यक्षमा र अर्की दिदी चिरकशोभालाई हिसिला यमीको दबाबका कारण सोही समितिको सदस्यमा नियुक्त गर्नुभएको छ ।

त्यसैगरी यमीको पूर्वस्वकीय सचिव ओपेन्द्र शर्मालाई नागरिक लगानी कोषको अध्यक्षमा नियुक्त गर्नुभएको छ । नागरिक लगानी कोषको अध्यक्षमा नियुक्त हुनुअघि शर्मा गोरखापत्रमा उपत्यका समाचारदाताको रूपमा काम गर्दै आएका थिए । शर्मालाई यसअघि पनि बाबुरामपत्नी यमीकै दबाबका कारण तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले गोरखापत्र दैनिकमा जागिर लगाइदिनुभएको थियो ।

राजनीतिक नियुक्ति हुने अन्य निकायमा पनि आफन्तलाई भर्ती गर्नका लागि लिस्ट नै तयार गरेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । पत्नी यमीले नयाँ पद सिर्जना गरेर भए पनि आफ्नालाई रोजगारीको अवसर दिनुपर्ने अडानका कारण बाबुराम उक्त योजनामा पुग्नुभएको हो । पत्नी यमीले पार्टी अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्रीहरू प्रचण्ड, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनालका उदारहण दिँदै मौकामा आफ्नालाई अवसर दिए मात्र पछि उनीहरूको साथ पाइने भन्दै राजनीतिक नियुक्तिका लागि दबाब दिने गर्नुभएको बाबुरामनिकट एक नेताले जानकारी दिनुभयो ।

यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले श्रीमती शोभादेवी चित्रकारको दबाबमा आफ्ना जेठान, सालो, साली तथा भाइ नाता पर्नेहरूलाई राजनीतिक नियुक्ति भन्दै सरकारी तथा गैरसरकारी निकायमा भर्ना गरेका थिए । त्यसैगरी माधवकुमार नेपालले पनि श्रीमती गायत्री नेपालको दबाबमा आफ्ना साला, साली, जेठानी, भाइ, बुहारीलाई राजनीतिक भर्ती गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले त झन् यी सबैलाई उछिन्दै आफ्ना आफन्तलाई सत्ताको केन्द्रमा नै ल्याउनुभएको थियो । प्रचण्डले छोरी रेणु दाहाल पाठकलाई सभासद् नै बनाउनुभएको थियो भने अन्य छोरी तथा ज्वाइँलाई शान्तिप्रक्रियापछि जिल्ला तथा राज्यस्तरमा नेताको भूमिका दिनुभएको थियो ।

प्रचण्डले आफू प्रधानमन्त्री भएको समयमा पनि आफन्तलाई बढी महत्त्वका साथ राजनीतिक नियुक्ति गराई नातावादको मोहलाई उदाङ्गो पार्नुभएको थियो । यसरी आफन्तलाई पार्टीका महत्त्वपूर्ण जिम्मेवारी दिँदै जान थालेपछि प्रचण्डलाई पार्टीकै केन्द्रीय नेताहरूले माओवादीमा कोइरालाको उदय भयो भन्दै आलोचना गर्ने गरेका थिए । तिनै नेताहरूले अहिले बाबुरामले प्रचण्डको सिको गरी आफ्नालाई भर्ती गर्न थालेको भन्दै आलोचना गर्न थालेपछि बाबुरामले आफूनिकट दर्जनभन्दा बढी पत्रकारलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाई आफूले राजनीतिक नियुक्ति नगरेको भन्दै केही व्यक्ति अपवादमा मात्र पर्न गएको स्पष्टीकरण दिनुभएको थियो ।

तर, मन्त्रिमण्डल ४९ सदस्यीय बनाउनुभएपछि बाबुरामले शेरबहादुर देउवालाई उछिनेको टिप्पणी भएको थियो भने अहिले नातावादमा गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई उछिन्न लागेको टिप्पणी हुन थालेको छ |
Share this Page
Popular Posts

I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...

काठमाडौ,१३ मंसिर । प्रमुख ठूला तीन दल र मधेसी मोर्चावीच संविधानसभाको म्याद अन्तिम पटक ६ महिना थप्ने सहित ६ बुँदे सहमति भएको छ । शान्ति मन्त्...

म्याग्दी (बाबियाचौर), १३ मङ्सिर । राजनीतिक सहमति जुट्न नसकेपछि आगामी पुस ८ देखि ११ गतेसम्म बेनीमा सञ्चालन हुने भनिएको प्रथम राष्ट्रपति रनिङ...