गुरुकुल कलेजका दुई सञ्चालक जेल चलान


काठमाडौं, १९ माघ
गुरुकुल कलेजका दुई सञ्चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कलेजका कार्यकारी निर्देशक सुजित सिंह र प्रशासकीय प्रमुख सरोज रानालाई काठमाडौं जिल्ला अदालतले गत बुधबार थुनामा राख्ने आदेश दिएको हो ।
कलेज बन्द गरेर विद्यार्थी, कर्मचारी र विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनीहरूलाई गत २६ पुसमा प्रहरीले पक्राउ गरेको थियो । मुद्दा चलाइएका मनोज आचार्यलाई भने ९ हजार धरौटीमा छाड्ने आदेश भएको छ । अनुसन्धानका क्रममा सिंहले सञ्चालक भनिएका आचार्यलाई नक्कली सेयर प्रमाणपत्र दिएर ठगी गरेको खुलेको छ ।
सिंहलाई सरकारी छाप किर्ते मुद्दा चलाइएको थियो । आचार्यलाई जस्तै सिंहले धेरै व्यक्तिलाई नक्कली सेयर प्रमाणपत्र दिएर ठगी गरेको खुलेको छ । कलेजका कर्मचारीले समेत पारिश्रमिक नपाएको भन्दै उनीहरूविरुद्ध उजुरी गरेका छन् ।
सिद्धार्थ डेभलपमेन्ट बैंकबाट एक करोड आठ लाख ऋण लिएर उनीहरूले तिरेका थिएनन् । सञ्चारमाध्यममा प्रकाशन/प्रसारण गरेको विज्ञापनको पैसासमेत विज्ञापन एजेन्सीलाई उनीहरूले दिएका थिएनन् । स्कुल, कलेज तथा होस्टेलको भाडासमेत नदिई उनीहरू फरार भएका थिए ।
अनुसन्धानमा संबद्ध प्रहरी अधिकारीका अनुसार ठगी गर्ने उद्देश्यले नै उनीहरूले कलेज खोलेको पाइएको छ । एक्कासी कलेज बन्द भएपछि विद्यार्थीसमेत अलपत्र परेका थिए ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page