भलिबल खेलाडी सिपोरा हिरोइन बन्ने


काठमाडौं, मंसिर ११ (नागरिक) - भलिबल खेलाडी सिपोरा गुरूङ हिरोइन बन्ने भएकी छिन्। गुरुङ भाषामा निमार्ण हुन लागेको 'घलेक, द साइन अफ लभ' नामक फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो।
फिल्म हेर्नमा लगाव नभएपनि भूमिका मन परेकाले अभिनयकोलागि राजी भएको उनले बताइन्। 'यस अघि पनि फिल्ममा अभिनय गर्ने अफर आएका हुन्। आफ्नो पठाइ र खेलकुदले गर्दा समय पनि थिएन्,' कतिपयको स्क्रिप्ट मन नपरेकोले नखेलेको उनले सुनाइन्।

कृष्णहरि गुरूङले निमार्ण र निर्देशन गर्ने फिल्मको सुटिङ पोखरा र हिमाली क्षेत्रमा हुने उनले जानकारी पाएकी छिन्। 'आफूले खोजेको जस्तो स्क्रिप्टमा फिल्म बन्दैछ। त्यसैले गृहकर्यमा निकै व्यस्त छु,' उनले नागरिकसँग भनिन्।

फिल्म 'घलेक'लाई रहर भन्दा पनि स्मरणयोग्य बनाउन लागिपर्ने उनको अठोट छ। गुरुङ पोसाकलाई फिल्मको नाम बाइएको 'घलेक'बारे उनले भनिन,'यसमा गुरूङ संस्कृति र त्यसमा भेटिने लभ स्टोरीमा देखाइनेछ।' भकारी फिल्म प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्न लागेको हो।
Tags: , , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page