हिँजो जग्गा फिर्ता आज फेरि कब्जा, उल्टो सुल्टो गर्ने माओवादी



बर्दिया, १० मंसीर । बर्दियामा माओवादीले फिर्ता गरेको विनयध्वज चन्दको जग्गा फेरि कब्जा गरेका छन् । बर्दिया जिल्लामा बनेको सहजीकरण समिति, राजापुर क्षेत्रअन्तर्गत विभिन्न गाविसमा कब्जा भएका जग्गाका जग्गाधनी र किसानहरुको सहभागितामा हिजो चन्दको ४५ विगाह जग्गा फिर्ताको घोषणा गरिएको थियो ।

तर, फिर्ता जग्गामा झण्डा गाडेर माओवादी उपाध्यक्ष वैद्य समूहका स्थानीय कार्यकर्ताले कब्जाको घोषणा गरेका छन् । फिर्ता जग्गा कब्जाको बारेमा राजापुरमा सहजीकरण समिति, माओवादी कार्यकर्ता, किसान र जग्गाधनीहरुबीच फेरि छलफलको तयारी भइरहेको छ ।

बर्दियामा द्वन्द्वको समयमा १६ सय विगाहभन्दा बढी जग्गा माओवादीले कब्जामा लिएको थियो । कब्जा जग्गा फिर्ताको माग गर्दै जिल्ला प्रशासनमा साढे दुई सय निवेदन परेका छन् ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page