चितवन, मंसिर १४ -वर्गीकरण सकिएका शिविरका लडाकुहरुको पछिल्लो तथ्यांक अनुसार ६० प्रतिशत सेना समायोजनमा जाने भएका छन्। बाँकी ३९ प्रतिशतले स्वेच्छिक अवकाश रोजेका छन भने एक प्रतिशतभन्दा कमले पुनस्थापनाको विकल्प रोजेका छन्।
लडाकुका ६ शिविरमा पूरै वर्गीकरण सकिएको र सातमा केही मात्र बाँकी रहेको बताइएको छ। तथ्यांक अनुसार वर्गीकरण टोली संयोजक बालानन्द शर्माले ६० प्रतिशतले सेनामा जाने विकल्प रोजेको बताए।
शक्तिखोर शिविर छाडेर काठमाडौं फर्कनुअघि भरतपुरमा पत्रकारसँग उनले ३९ प्रतिशतले स्वेच्छिक र ३ जनाले मात्र पुनस्थापना रोजेको उनले बताए। सिन्धुलीमा पुनस्थापना राजेका दुईजनाले पनि विकल्प फेरेर सेना समायोजन नै रोजेको उनले बताए। अहिलेसम्म ९७ प्रतिशत काम सकिएको उनले बताए। 'बाँकी तीन प्रतिशत कैलालीको सकिएपछि पूरा हुनेछ,' उनले भने।
पुनस्थापना प्याकेजमा लेखपढ र तालिमका विषय लडाकुले मन नपराएको उनले बताए। 'लामो समय शिविर बसेर पढाई बीचमै रोकियो त्यही कारण एउटा हो,' उनले भने, 'अर्को स्वेच्छिकमा गएर सिधै केही रकम पाइन्छ भने किन झन्झट गरेर पढ्नु भन्ने अर्को कारण।'
चारहजार लडाकुले एसएलसी पास गरेको तथ्यांक अनुसार विशेष समितिले विशेष शिक्षाकै लागि नौ लाख रुपयाँसम्मको पुनर्स्थापनाको प्याकेज ल्याएको उनले बताए। 'तर फेरि पढेर अघि बढ्ने भेटिएन,' उनी थप्छन, 'पहिले बुर्जुवा शिक्षा भने पनि फेरि पढ्न थालेकाले यो विकल्प आएको हो। '
पहिलो डिभिजन चुलाचुलीमा -१९४२ जसमा पुरुष ११९९ र महिला २९९
दोस्रो सिन्धुलीमा -१२८१ जसमा पुरुष १०२५ र महिला २५६
तेस्रो चितवन शक्तिखोरमा -३३२५ जसमा पुरुष २६७८ र महिला ६५७
चौथो नवलपरासीमा -२६१५ जसमा पुरुष १९१९ र महिला ६ सय ९
पाँचौ डिभिजन रोल्पामा -२१६७ जसमा १६५६ पुरुष र ५११ महिला
छैठौ डिभिजन सुर्खेतमा-२९३६ जसमा २३७५ पुरुष र ५६१ महिला
सातौ डिभिजन कैलाली वर्गीकरण जारीमा-२६५५ जसमा २१७० पुरुष र ५८५ महिला लडाकु छन।
दोस्रो सिन्धुलीमा -१२८१ जसमा पुरुष १०२५ र महिला २५६
तेस्रो चितवन शक्तिखोरमा -३३२५ जसमा पुरुष २६७८ र महिला ६५७
चौथो नवलपरासीमा -२६१५ जसमा पुरुष १९१९ र महिला ६ सय ९
पाँचौ डिभिजन रोल्पामा -२१६७ जसमा १६५६ पुरुष र ५११ महिला
छैठौ डिभिजन सुर्खेतमा-२९३६ जसमा २३७५ पुरुष र ५६१ महिला
सातौ डिभिजन कैलाली वर्गीकरण जारीमा-२६५५ जसमा २१७० पुरुष र ५८५ महिला लडाकु छन।
शर्माका अनुसार बुधबारसम्म १६ हजार ५ सय ७२ जना लडाकुको वर्गीकरण भएको छ। जसमा १३ हजार ९२ पुरुष र ३ हजार ४ सय ७८ महिला लडाकु वर्गीकरणमा सामेल भए। प्रत्येक शिविरबाट फरक फरक विकल्पमा जाने लडाकुहरुको संख्या भने पाँचदिनपछिसम्म मात्र यकिन हुने उनले बताए। 'सबै ठाउँबाट तथ्यांक आएपछि रुजु गर्नुपर्छ,' शर्माले भने, 'अनिमात्र वास्तविक तथ्यांक हामी आधिकारिक रुपमा सार्वजनिक गर्छौ।'
काठमाडौं पुगेपछि लडाकुलाई सिमित शिविरमा राख्ने र स्वेच्छिक र सेनामा जानेहरुलाई अर्को प्रकृयाका लागि कार्य थालनी गर्ने उनले जानकारी दिए। स्वेच्छिकमा जानेहरुका लागि बैकमा खाता खोल्न लगाई भुक्तानीको सहज व्यवस्था गरी छिटै शिविरबाट बाहिर निकालिने उनले बताए।
